लिभरपुलका विलक्षण प्रतिभा | Khabarhub Khabarhub

लिभरपुलका विलक्षण प्रतिभा


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

खेलमा १-० ले पछि परेको लिभरपुल अस्टन भिल्लासँग पराजित भएको भए अन्तिम चारमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनाको अन्त्य हुने थियो। तर, रोबर्टो फर्मिन्होका लागि त्यो खेल हार या जित भन्दा फरक थियो। बेन्चबाट आएका फर्मिन्होले ८९ औं मिनेटमा बराबरी गोल गर्दै भाव विह्वल भएर आँसु बगाए।

उनले लिभरपुलका लागि खेलेका धेरै खेलमा मो सलाहका लागि गोलको अवसर सिर्जना गरेका थिए। उनको लागि विशेष बनेको सो खेलमा ती नै इजिप्टका फरवार्डले उनलाई गोलको अवसर सृजना गरी दिएका थिए। खेलपछि दर्शकले उठेर फर्मिन्होलाई अभिवादन गरे भने दर्शकले लामो ताली पिट्दै उनलाई सम्मान व्यक्त गरे। उनीप्रति सम्मान गर्दै घुमी रहनेमा जेम्स माइनर, एलेक्स ओक्सलाडे, चाम्बरलिन र नेबी केइटा पनि थिए।

‘दुर्भाग्यवश हामीले जितेनौ। मेरो यो अन्तिम खेलमा यो हामीले चाहेको नतिजा थिएन,’ खेलको समाप्ति पछि लिभरपुलको अफिसियल वेबसाइटमा फर्मिन्होले भने, ‘अन्तिम खेलमा क्लबका समर्थकका सामु टिम सहकर्मीको सहयोगमा संसारकै उत्कृष्ट र महान् एउटा क्लबको जर्सी भिरेर गोल गर्नु साँच्चै भावुक बनाउने क्षण थियो।’

खेलपछि दर्शकले उठेर फर्मिन्होलाई अभिवादन गरे भने दर्शकले लामो ताली पिट्दै उनलाई सम्मान व्यक्त गरे। उनीप्रति सम्मान गर्दै घुमी रहनेमा जेम्स माइनर, एलेक्स ओक्सलाडे, चाम्बरलिन र नेबी केइटा पनि थिए।

सन् २०१५ मा मेनेजर ब्रन्डन रोजर्सले फर्मिन्होलाई क्लबमा आबद्ध गराएका थिए। त्यसपछि नै उनी क्लबका मेरुदण्डको रूपमा रहँदै आएका थिए। क्लबलाई अनेकौँ सफलता दिलाएका उनले अन्तिम खेलमा गरेको गोल क्लबका लागि १ सय १० औं थियो। उनका उपस्थितिमा लिभरपुलका फ्यान पनि भाव विभोर भएका थिए। रङ्गशालाको एउटा भागमा उनको तस्बिर पेन्ट गरिएको छ। यो खेलाडीले पाउने सम्मान मध्येको एउटा हो।

लिभरपुलका ३ सय ६१ खेल खेलेका उनले यस दौरान इङ्ग्लिस प्रिमियरसिप र च्याम्पियन्स लिगको उपाधि पनि दिलाएका थिए। उनले खेल जीवनको दौरान ३ देशका क्लबका लागि खेलेका थिए। उनले पहिलो व्यावसायिक खेल ब्राजिलको फेगुनेसीबाट खेलेका थिए। उनले त्यहाँ सन् २००९ मा र २०१० मा खेलेका थिए। यस पछिको चार सिजन उनले होफने हेनका लागि खले।

सबै भन्दा ठूलो सफलता पनि प्रिमियर सिपमा नै पाए। उनको उपस्थितिमा एनफिल्डको क्लबले प्रिमीयर सिपमा एक पटक उपाधि जितेको थियो भने ३ पटक उपविजेता भएको थियो। एक पटक एफए कप जितेको सो टोलीले लिग कपमा १ पटक उपाधि तथा दुई पटक उपविजेता भएको थियो। कम्युनिटी शिल्डमा एक पटक विजेता तथा एक पटक उपविजेता भएको थियो।

सन् २०१५ मा मेनेजर ब्रन्डन रोजर्सले फर्मिन्होलाई क्लबमा आबद्ध गराएका थिए। त्यसपछि नै उनी क्लबका मेरुदण्डको रूपमा रहँदै आएका थिए।

पछिल्लो समय ब्राजिलको राष्ट्रिय टोलीले खासै सफलता पाउन सकेको छैन। १ पटक सन् २०१९ मा भने फर्मिन्हो सम्मिलित ब्राजिलियन टोलीले कोपा अमेरिका कपको उपाधि जितेको थियो।

लिभरपुललाई इंग्ल्यान्ड बाहिर बलियो उपस्थिति गराउने क्रममा उनको भूमिका महत्त्वपूर्ण रहेको थियो। उनको उपस्थितिपछि नै लिभरपुलले एक पटक उपाधि जित्नुको साथै दुई पटक उपविजेता भएको हो। युरोपा लिगमा एक पटक उपविजेता भएको लिभरपुलले एक सिजन सुपर कपको उपाधि जितेको थियो।

सन् २०१९ मा कतारमा भएको फिफा क्लब वर्ल्ड कपमा लिभरपुलले सफलता पाएको थियो। यो नै उनको जीवनको सबैभन्दा ठुलो सफलता थियो। सन् २०१७ मा अउडी कपको उपविजेता बनेको लिभरपुलको टोली सोही वर्ष प्रिमीयर लिग एसिया कपको पनि उपाधि विजेता बनेको थियो।

क्लबलाई अनेकौँ सफलता दिलाएका उनले अन्तिम खेलमा गरेको गोल क्लबका लागि १ सय १० औं थियो। उनका उपस्थितिमा लिभरपुलका फ्यान पनि भाव विभोर भएका थिए।

ब्राजिल, यस्तो देश हो। जसले सडकमा उत्रने बालकलाई पनि स्टार बनाउने गरेको छ। संसारका धेरै स्टारको जन्म गराएको छ। भनिन्छ नि ‘फुटबल खेल्नकै लागि जन्मने हो संसारका कुनै पनि देशको समृद्ध परिवारमा जन्मनु भन्दा ब्राजिलमा सडक बालक हुनु ठिक’। किनकि दृढ इच्छा शक्ति भएका ब्राजिलियन संसारको फुटबल क्षेत्रमा पृथक् छाप छाड्न सफल भएकै छन्। भलै, उनीहरूको राष्ट्रिय टोलीले पछिल्लो दुई दशकदेखि महत्त्वपूर्ण उपलब्धि पाएको छैन।

फर्मिन्हो मेसियाको नजिकै एउटा गाउँमा जन्मेका थिए। बच्चामा फुटबल प्रतिको यिनको पागलपन नै आश्चर्यमय थियो। उनका बाबु सडक मजदुर थिए। आमा घरको धन्दामा व्यस्त।

फेगुनेसीमा उनी २००८ मा १७ वर्षको उमेरमा आबद्ध भएका थिए। त्यस समयमा उनी यूथ टोलीमा आबद्ध भएका हुन्। २४ अक्टोबर २००९ मा उनले पहिलो पटक ब्राजिलियन लिगको सिरी बी खेल्न मैदानमा पाइला टेकेका थिए।

फर्मिन्हो मेसियाको नजिकै एउटा गाउँमा जन्मेका थिए। बच्चामा फुटबल प्रतिको यिनको पागलपन नै आश्चर्यमय थियो। उनका बाबु सडक मजदुर थिए।

सन् २०१० देखि २०१५ सम्म उनी होफनेम्यानमा रहे। १६ अप्रिल २०१० मा उनले बुन्डेसलीगको पहिलो गोल गरेका थिए। उनको उपस्थितीसँगै क्लबले ती ब्राजिलियन खेलाडीलाई टोलीमा प्रवेश गराउन पाउनु भाग्यको कुरा भनेको थियो।

लिभरपुलमा रहँदा नै खेल जीवनको महत्त्वपूर्ण क्षण बिताएका उनी पिक फर्ममा रहँदा संसारका उत्कृष्ट स्ट्राइकरको रूपमा समेत व्याख्या गरिएको थियो। आक्रामक, कलात्मक र नपत्याउँदो किसिमले गोल गर्ने उनको अनौठो खुबी थियो। फरवार्ड, एटेकीङ मिडफिल्ड र विंगमा उत्तिकै प्रभावकारी देखिन सक्नु साँच्चै उनको विशेषता थियो।

लिभरपुलमा रहँदा नै खेल जीवनको महत्त्वपूर्ण क्षण बिताएका उनी पिक फर्ममा रहँदा संसारका उत्कृष्ट स्ट्राइकरको रूपमा समेत व्याख्या गरिएको थियो।

सन् २०१४ देखि २०२१ सम्म ब्राजिलको राष्ट्रिय टोलीमा रहका उनले ५५ अन्तर्राष्ट्रिय खेलमा १७ गोल गरे। उनले सबै भन्दा महत्त्वपूर्ण गोल सन् २०१८ मा फिफा विश्वकपको खेलमा मेक्सीकोको विरुद्धमा गरेका थिए। यसैगरी उनले सन् २०१९ मा ब्राजिललाई कोपा अमेरिका कप फुटबलको उपाधि दिलाउने क्रममा गरेको प्रदर्शन त धेरैले सम्झने छन्। यो लामो खेल जीवनमा उनीबाट ब्राजिलले भन्दा बढी लिभरपुलले नै सायद पाएको होला। जे होस फर्मिन्हो एक फरक शैलीमा फुटबलर हुन् जसलाई एनफिल्डको रङ्गशालामा सधैँ सम्झने गरिन्छ। जसले इङ्ग्लिस फुटबललाई कलात्मक रङ्ग दिए। स्रोतः सिएनएन, सकरवे, सकरनेट

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ८ : १३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका