नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा, वास्तविकता अझै रहस्यमय « Khabarhub

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा, वास्तविकता अझै रहस्यमय


१९ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ । 

विक्रम सम्वत् २०५८ साल जेठ १९ गते राति पारिवारिक जमघटका क्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै हत्या भएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित समितिले तयार गरेको प्रतिवेदनमा युवराज दीपेन्द्रले घटना घटाएको उल्लेख छ । प्रतिवेदनमा सपरिवारको हत्या गरी आफैँले गोली हानेर आत्महत्या गरेको दाबी गरिएको छ ।

तर, अधिकांश सर्वसाधारणले सो प्रतिवेदनमा उल्लेख भएअनुसार युवराज दीपेन्द्रले घटना घटाएको भन्ने कुरा पत्याउन सकेका छैनन् । उक्त घटनाको यथार्थ अझै पनि रहस्यमय नै छ । 

दरबार हत्याकाण्ड पछि बनेका हरेक सरकारले घटनाको सत्यतथ्य छानबिन गर्ने उद्घोष गरे पनि घटनाको दुई दशक बितिसक्दा कुनै अनुसन्धान हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि केही दिन अघि सो घटनाको छानविन गरी सत्यतथ्य बाहिर ल्याउने बताएका थिए । 

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : २० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल