रूसको पछिल्लो आक्रमणबाट तीन जनाको मृत्यु, १० घाइते « Khabarhub

रूसको पछिल्लो आक्रमणबाट तीन जनाको मृत्यु, १० घाइते


१९ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

किभ – रुसले बिहीबार युक्रेनको राजधानी किभमा हवाई आक्रमण गरेको छ। जसमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।

गत मे महिनामा कीभमा १७ ड्रोन र मिसाइल हमला गरेको रुसी सेनाले राजधानीमा बिहानैदेखि जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र प्रहार सुरू गरेको थियो। पछिल्लो आक्रमणमा परेर अपार्टमेन्ट भवन, एउटा मेडिकल क्लिनिक, पानीको पाइपलाइन र कारहरूमा पनि क्षति पुगेको छ।

युक्रेनका जनरल स्टाफले रुसी सेनाले गरेको आक्रमणमा प्रयोग गरिएका १० वटा मिसाइललाई भने वायुसेनाले रोकेको बताए। क्षेप्यास्त्रहरूलाई छोटो दूरीको इस्कन्डर क्रुज र ब्यालिस्टिक मिसाइलको रूपमा पहिचान गरिएको थियो।

युक्रेनको वायु रक्षा प्रणाली रुसी ड्रोन र क्षेप्यास्त्रको आक्रमणलाई विफल पार्न थप प्रभावकारी साबित भइरहेको छ। तर, पनि रूसी हतियार भग्नावशेष भवनहरूमा खस्दा तीनजनाले ज्यान गुमाउनु परेको छ।

किभमा यसअघि पनि तीन जनाको ज्यान गएको थियो।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : ३४ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर