कीर्तिपुर-दरबारमार्ग साइकल र्‍याली भोलि, तीनजनालाई साइकल उपहार « Khabarhub

कीर्तिपुर-दरबारमार्ग साइकल र्‍याली भोलि, तीनजनालाई साइकल उपहार


१९ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साइकल संस्कृति अभियानको समन्वयमा शनिबार साइकल र्‍यालीको आयोजना गरिएको छ।

विश्व साइकल दिवसको अवसरमा अभियानले कीर्तिपुरदेखि दरबारमार्गसम्म साइकल र्‍यालीको आयोजना गरेको हो।

साइकल संस्कृतिको विकास र विस्तार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले नेपालमा साइकल कानून, पूर्वाधार र सिर्जनात्मक साइकल अभियानलाई टेवा पुग्ने आयोजकको विश्वास छ।

बिहान ६ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानबाट सुरु हुने र्‍याली बल्खु, एकान्तकुना, जावलाखेल, थापाथली, माइतीघर मण्डला, सुन्धारा हुँदै दरबारमार्गमा पुगेर समापन हुनेछ।

र्‍यालीमा सहभागीताका लागि अनलाइनमार्फत फारम भर्न यहाँ क्लिक गर्न सकिन्छ। र्‍यालीमा सहभागी मध्ये गोलाप्रथाबाट छनोट गरी तीनजनालाई आकर्षक साइकल प्रदान गरिने छ।

र्‍यालीको सहआयोजकमा नेपाल साइकल सोसाइटी, साइकल सिटी नेटवर्क नेपाल, नेपाल घाँचा पुच्छ, महिला साइकल नेपाल, काठमाडौं साइकल ग्रुप, काष्ठमण्डप साइकल ग्रुप, वल्र्ड साइकल क्लब नेपाल, महिलाका लागि महिला, चन्द्रागिरि राइडर्स क्लब, लायन्स क्लब अफ काठमाडौँ, साइकल सिटी, साइकल क्लब धुलिखेल, बुढानीलकण्ठ साइक्लिङ क्लब, पंगा राइडर्स क्लब, हिमाली राइडर्स, खबरहबडककम, रेडियो क्यान्डिड र एभीन्यूज टेलिभिजन सहआयोजक रहेका छन्।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ११ : ०० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको