लमजुङ कारागारबाट फरार दुवै जना पक्राउ « Khabarhub

लमजुङ कारागारबाट फरार दुवै जना पक्राउ


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ कारागारबाट रातारात फरार भएका दुवै जना कैदी पक्राउ परेका छन्। फरार मध्यका जबरजस्ती करणी मुद्दाका मध्यनेपाल नपा–४ लमजुङका २७ वर्षीय विनोद विकलाई बिहीबार करिब ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नपा–२ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो।

अर्का फरार रहेका गोरखा चुमनुब्री गापा-३ का चन्द्र बहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेसीशहर नपा–१ चिप्लेटीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए। गुरुङ ठगी मुद्दामा पुर्पक्षका लागी कारागार चलान भएका थिए।  दुबैलाई कानुन अनुसार थप कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

बेसीशहर नपा–८ शेरा स्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर रातको साढे १ बजे २ कैदी फरार भएका थिए। कारागारमा हाल ८८ जना कैद बन्दी छन्। जसमध्ये ६ जना महिला र ८२ जना पुरुष छन्।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  १२ : ०० बजे

काठमाडौं-३ मा कुलमानलाई सुरुवाती अग्रता

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा उज्यालो

बहुप्रतिक्षित झापा-५ मा राति २ बजेबाट मतगणना सुरु गरिने

झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र

लमजुङमा ५४.७६ प्रतिशत मत खस्यो

लमजुङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको निर्वाचनमा ५४.७६ प्रतिशत मत

बर्दियामा ६१ प्रतिशत मतदान

बर्दिया- प्रतिनिधिसभा निर्वाचनका क्रममा बर्दियामा करिब ६१ प्रतिशत मतदान भएको

काठमाडौं–१ मा यसरी हुँदैछ मतगणना (तस्बिरहरू)

कामठाडौं – काठमाडौं क्षेत्र नम्बर १ को मतगणना जारी छ