‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैटौँ संस्करण काठमाडौँमा हुने « Khabarhub

‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैटौँ संस्करण काठमाडौँमा हुने


१९ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैटौँ संस्करण काठमाडौंमा आयोजना गरिने भएको छ । बिहीबार काठमाडौंको र्याडिसन होटलमा आयोजक संस्था फर्न इभेन्ट्सले आयोजना गरेको पत्रकार सम्मेलनमा यहीँ जेठ २१ गते र्याडिसन होटलमै यो अवार्ड्स समारोह आयोजना गरिने जानकारी गराइएको हाे ।

राजधानी लगायत भारतका विभिन्न मुख्य मुख्य शहरहरूमा विगत एक दशकदेखि आयोजना गरिँदै आएको यो अवार्ड्स पहिलोपटक भारत बाहिर आयोजना हुन लागेको आयोजक संस्थाका सह-संस्थापक हरिश बब्बरले जानकारी दिएका छन् । 

उनले भविष्यमा अन्य अन्तर्राष्ट्रिय मुलुकमा समेत आयोजना गर्ने योजना रहेको कुरा स्पष्ट पारेका छन् ।  कार्यक्रममा नेपालका सेलिब्रेटीहरुसंगै भारतका लोकप्रिय कलाकार तथा सेलिब्रेटीहरुले पनि सहभागिता जनाउने भएका छन् ।

अवार्ड्स समारोहमा बलिउड अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झण्डै एक दर्जन कलाकारहरुले सहभागिता जनाउने छन् ।

समारोहमा नेपाल तथा भारतका फिल्म तथा संगीत क्षेत्रका प्रतिभाहरूकी लागि पत्रकारिता, पर्यटन, खेलकुदको क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिने छ ।

कार्यक्रममा नेपालका सांग्रिला भोयाजले ट्राभल पार्टनरको रुपमा सहभागिता जनाउँदै छ । पत्रकार सम्मेलनमा उपस्थित सांग्रिला भोयाजका प्रबन्ध निर्देशक दीपक खनालले यो अवार्ड समारोहले नेपाल तथा भारतबीच पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्  ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  २ : १७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस