नक्कली शरणार्थी प्रकरण : खाँणसहित तीनको बयान  | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरण : खाँणसहित तीनको बयान 


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदालत काठमाडौँमा सुरु भएको छ ।

बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । 

उनका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको छ । 

आरोपितमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेको सूचना अधिकारी दाहालले बताएका छन् । उनले भने, ‘सो प्रकरणमा मुछिएकाहरुको बयान यही जेठ १२ गतेदेखि सुरु गरिएकोमा आज तीन जनाको बयान भइरहेको ।’

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  २ : २३ बजे

बाँकेको बाल सुधार गृहमा तोडफोड र आगजनी

नेपालगन्ज– बाँकेको जयन्दु बाल सुधार गृहमा रहेका किशोर र युवाहरूले

बाँझो जमिनमा सामूहिक आलुखेती

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक

आन्दोलनरत शिक्षक संगठन र सरकारबीच आज पनि वार्ता हुँदै

काठमाडौं– आन्दोलनरत शिक्षक र सरकार बिचमा आज पनि वार्ता हुने

प्रहरीसहित राजस्व टोलीले छापा मारेपछि सिरहाका व्यावसायी आतंकित

सिरहा– सिरहाको मिर्चैयामा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक कपडा

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

काठमाडौँ– सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि