नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध, यात्रुलाई सास्ती « Khabarhub

नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध, यात्रुलाई सास्ती


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडकमा आज पनि आवागमन अवरुद्ध भएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति  पहिरो खसेपछि सडक दुईतर्फी रूपमै अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने तयारी भइरहे पनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

पहिरोमा विद्युत्को तार समेत रहेकाले तारहरू हटाए पछि मात्रै पहिरो पन्छाउने काम हुने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरो हटाउने उपकरण तयारी अवस्था राखिएको उनको भनाइ छ ।

सोही स्थानमा गत बिहीबारदेखि पटकपटक पहिरो खस्दा सडक आवागमन अवरुद्ध हुँदै आएको छ । 

यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व–पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : ५७ बजे

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल