आज श्री एयरलाइन्सका सबै उडान स्थगित « Khabarhub

आज श्री एयरलाइन्सका सबै उडान स्थगित


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्री एयरलाइन्सले आज आफ्ना सबै उडान स्थगित गरेको छ । श्री एयरलाइन्स प्रालिले आजका लागि पूर्वनिर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने जनाएको छ ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको प्रेस नोट अनुसार आजका सबै उडान स्थगित गरिएको हो । उनका अनुसार श्री एयरलाइन्सका सबै उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।

भोलिदेखि भने सबै उडान नियमित हुने जनाइएको छ ।

हिजो काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या पुनः काठमाडौँ नै फिर्ता गरी अवतरण गराइएको थियो ।

सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ८ : ०८ बजे

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल