‘फेसन फेयर अवार्ड २०२३’ दोस्रो संस्कर सम्पन्न « Khabarhub

‘फेसन फेयर अवार्ड २०२३’ दोस्रो संस्कर सम्पन्न


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

‘काठमाडौँ– ‘फेसन फेयर अवार्ड २०२३’ को दोस्रो संस्करण सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा विभिन्न विधामा ‘अवार्ड’ प्रदान गरिएको थियो ।

समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ब्यूटीसिएनतर्फ कमला श्रेष्ठ, पेजेन्ट्रीतर्फ रूवि राना शाहलाई अर्पण गरिएको थियो भने ‘लेजेन्ट्री आर्टिस अवार्ड’बाट गायक दीपक बज्राचार्य, ‘मस्ट इन्फ्लुएन्सल पर्सनालिटी अवार्ड’बाट पूर्व बैंकर अनिल केसरी शाह, ‘स्टाइलिस फेसन आइकन अवार्ड’बाट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चलचित्रतर्फ नायिका प्रियङ्का कार्कीलाई प्रदान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा ‘आउट स्ट्यान्डिङ अचिभमेन्ट अवार्ड इन फेसन’तर्फ मुना गौचन, ‘प्रोमिनेन्ट नेसनल डाइरेक्टर अवार्ड’बाट मिस नेपालका निर्देशक नङ्मा श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तै, ‘फेसन स्टाइलिस्ट अवार्ड’ बाट अविनाश श्रेष्ठलाई सम्मान गरिएको थियो । ‘मस्ट पपुलर आर्टिस्ट अवार्ड’ महिलातर्फ डा. त्रिशला गुरुङ र पुरूषतर्फ धर्मेन्द्र सेवनलाई अर्पण गरिएको थियो ।

‘मस्ट इन्फ्लुएन्सल रक आर्टिस अवार्ड’ महिलातर्फ अश्रा कुवँर, ‘इन्टरनेसनल फेसन मोडल अवार्ड’ अन्सिका शर्मालाई प्रदान गरिएको थियो । त्यस्तै ‘फेसन मेकअप आर्टिस्ट अवार्ड’ राजेश घिमिरेलाई प्रदान गरिएको थियो भने ‘योङ फेसन आइकन अवार्ड’ पराक्रम राणालाई प्रदान गरिएको थियो ।

‘फेसन आइकन अवार्ड’ सविता कार्की, ‘फेसन सुपर मोडल अवार्ड’ आस्था पोख्रेल, ‘मष्ट पपुलर इम्कि अवार्ड’ सुवेक्षा खड्का, ‘क्रिएटिभ फेसन डिजाइनर अवार्ड’अस्तिक शेरचन, आइकोनिक फेसन डिजाइनर अवार्ड’ मनिष राई, ‘क्रिएटिभ फेसन फोटोग्राफर अवार्ड’ किशोर कायस्थ, ‘स्टाइलिस फेसन आइकन अवार्ड’ साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तिलाई ड्रिम सर्च एजेन्सीका संस्थापक कमल क्षेत्री र सेराप ग्याल्छेन लामाले सम्मानित व्यक्तित्वलाई पुष्पगुच्छासहित खादा, प्रमाणपत्र र अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : २२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा