ललिता निवास जग्गा प्रकरणमा मेरो कुनै स्वार्थ छैन : डा. भट्टराई | Khabarhub Khabarhub

ललिता निवास जग्गा प्रकरणमा मेरो कुनै स्वार्थ छैन : डा. भट्टराई


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईको पनि नाम जोडिएपछि आज सामाजिक सञ्जाल ट्वीटरमार्फत स्पष्टीकरण दिँदै उनले उक्त प्रकरणमा आफ्नो कुनै स्वार्थ नजोडिएको बताए ।

भ्रष्टाचारजन्य सबै काण्डहरुको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने समेत बताएका छन् ।

उनले सबै कुरा अहिले आफूलाई सम्झना नभएको बताउँदै लेखेका छन्, ‘राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ । यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु । तत्कालीन प्रमको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो ।’

उनले कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नहुने बताए। उनले भने,‘बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्; अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् !’

भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्नुपर्छ भनेर आफूले संसद र बाहिर पनि आवाज उठाइरहेको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री भट्टराईले यसमा आफू आजीवन प्रतिबद्ध रहेको बताएका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १ : २८ बजे

निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित

कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकामा दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट

बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने

लुम्बिनी – बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने

प्रविधिक समस्या देखिएको जहाज मर्मतपछि नियमित उडान सुचारु : वायुसेवा निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धी विभिन्न सञ्चारमाध्यममा

शहीद मार्गको बजेट काटेर सरकारले प्रतिशोध साँध्योः वर्षमान पुन

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’