कम्युनिष्ट एकीकरणका लागि प्रचण्डको आह्वान « Khabarhub

कम्युनिष्ट एकीकरणका लागि प्रचण्डको आह्वान


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि आह्वान गरेका छन् ।

आइतबार भक्तपुरमा नारायणविलास जोशीको ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित भवन उद्घाटन एवं प्रतिमा अनावरण गर्दै प्रचण्डले यसअघि कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने प्रयास असफल भएपनि त्यसबाट शिक्षा लिदै कम्युनिष्ट एकीकरणका लागि एकताबद्ध हुन आह्वान गरेका हुन् ।

कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अगाडि बढ्न सक्ने ठानेर आफूले कम्युनिष्ट एकता गरेपनि त्यसलाई बचाउन नसकिएको उनले बताए ।

प्रचण्डले विश्वभरकै कम्युनिष्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष विभाजन र रुपान्तरणबाट गुज्रिँदै अगाडि बढेको र नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अगाडि बढेको जिकिर गरे ।

उनले आफूहरुले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताका लागि पहल गरेको र नेकपा तिरै फर्कने भनेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले देशका वामपन्थीहरुलाई एकताबद्ध गरेर आम श्रमजीवि जनताको हित र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधिनताको सुदृढीकरणका निम्ति अझ गम्भीरतापूर्वक अगाडि बढ्ने आफूहरुको संकल्प रहेको बताए ।

 

 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  २ : ०९ बजे

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको