सरकारले निश्चित व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था गर्‍यो : सांसद झा | Khabarhub Khabarhub

सरकारले निश्चित व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था गर्‍यो : सांसद झा


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले निश्चित व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था गरिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०८० माथि सांसद सुमना श्रेष्ठ र शिशिर खनालले प्रस्तुत गरेको संशोधनलाई समर्थन गर्दै झाले कर व्यवस्था आम जनतालाई मारमा पार्ने किसिमको भएको भन्दै आपत्ति जनाएका हुन् ।

“समाजवादको अभ्यास गर्ने दाबी गर्दै गर्दा किन हामी केही व्यापारी घरानालाई सहयोग पुग्ने बजेट बनाउँछौ ?” उनले भने, “पेन्सिलको सार्पनर, बच्चाहरुले प्रयोग गर्ने सामानमा कर बढाउने तर एउटा पुस्तालाई बिगारिरहेको इलेक्ट्रोनिक चुरोट र सुर्तिजन्य पदार्थमा कर नबढाउने ?”

उनले दैनिक उपभोग्य तरकारी आलु र प्याजमा कर बढाएको भन्दै असन्तुष्टि व्यक्त गरे । तर देश आत्मनिर्भर भइरहेको उत्पादनलाई लक्षित गरेरै माछा मासुमा कर हटाएको उनको आरोप छ ।

सांसद सोविता गौतमले निम्न वर्गीय नागरिककाले उपभोग गर्ने वस्तुमा कर बढाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले भनिन्, “करमा प्रोग्रेसिभ देखिएन । दैनिक उपभोग्य वस्तुमा राहतको अपेक्षा गरेका आमजनातामाथि कुठाराघात भएको छ ।” उनले किसानको उत्पादनलाई बिचौलियामुक्त बनाउन सरकारको ध्यानार्कषण गराइन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ४ : ५५ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने