एमालेद्वारा लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध « Khabarhub

एमालेद्वारा लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

देउखुरी- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ ।

आइतबार प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै बजेटका विषयमा आपत्ति जनाउँदै एमाले सांसदहरुले नाराबाजी गरेका थिए । बैठकमा सभामुख तुलाराम घर्तीले अर्थमन्त्री धनबहादुर मास्कीलाई आर्थिक वर्ष ०८०/०८१ को राजश्व र व्ययमाथी वार्षिक अनुमानमाथि बोल्न समय दिएलगत्तै प्रतिपक्षी एमालेका सासंदहरु रोस्ट्रमअगाडि नाराबाजी गर्न पुगेका थिए ।

एमाले सासंदहरुले संसदीय मर्यादा कायम गर्न र प्रदेश सरकारले खारेज गरेका प्रदेश निर्देशनालयको पुर्नवाहालीको माग गर्दै नाराबाजी गरेका थिए । प्रमुख प्रतिपक्षको नाराबाजी पछि सभामुखले असार १८ गते १ बजे बस्ने गरी बैठक स्थगित गर्नुपरेको थियो ।

यसअघि गत १३ गते आह्वान गरिएको बैठकमा पनि एमालेले बजेटको विषयमा आपत्ति जनाउदै विरोध जनाएका थिए । प्रतिपक्ष दलले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ । प्रदेश सरकारले भने सरकारलाई आर्थिक भार बढी परेकाले आफूहरु निर्देशनालय खारेजीको पक्षमा रहेको जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : ४१ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६