बारले सोमबार देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने « Khabarhub

बारले सोमबार देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बार एशोसिसनले घुस माग्ने कर्मचारीको पक्ष लिएर कानून व्यवसायीलाई फसाएको भन्दै सोमबार देशैभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ । आइबार एक विज्ञप्ति जारी गर्दै बारले देशैभरीका अदालतहरुमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने घोषणा गरेको हो ।

बारका अध्यक्ष गोपाकृष्ण घिमिरे र महासचिव अञ्जीता खनालद्वारा हस्ताक्षारित विज्ञप्तिमा गत असार १३ गते ललितपुर जिल्ला अदालतमा अदालती काम कारवाहीका सन्दर्भमा सेवा लिने/दिने क्रममा उच्च अदालत बार एसोसिएशन पाटनका सदस्य अधिवक्ता अमिर लामिछाने र जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रमिका तामाङले मुद्दामा भएको आदेश हेर्नलाई घुस मागेको विषयमा अधिवक्ता लामिछानेलाई एकतर्फी दोषी देखाएको भन्दै बारले विरोध जनाएको छ ।

यस विषयमा अधिवक्ता लामिछानेले इन्कारी गरेको विषयलाई अतिरञ्जितपूर्ण ढङ्गले घटनाको वास्तविकता र यथार्थ विवरणलाई बङ्ग्याउँदै उल्टै अधिवक्ता लामिछानेलाई दोषि देखाएको बारको आरोप छ ।

यस्तो घटनालाई दुर्भाग्यपूर्ण भन्दै बारले अदालतमा जडित सीसीटीभीको माध्यमबाट सत्यतथ्य अन्वेषण हुनुपर्ने बारको भनाइ छ । बारले कृत्रिम मुद्दामा थुनामा राखिएका कानून व्यवसायी लामिछानेलाई २४ घण्टाभित्र निशर्त रिहा गर्न समेत माग गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ७ : ५६ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र