माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सुरु हुँदै « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सुरु हुँदै


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ ।

बैठक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे सुरु हुनेछ माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

केन्द्रीय समिति बैठकका लागि सोमबार बसेको पदाधिकारी बैठकले केही एजेन्डा तय गरिसकेको छ ।

केन्द्रीय समिति बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँड, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, संसदलाई पनि एजेन्डाका रुपमा प्रस्तुत हुनेछ ।

पाँच दिनसम्म चल्ने बैठकको सुरुमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्नेछन् । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।

बैठकमा ७ सय ५८ जना नेता सहभागी हुने माओवादीले जनाएको छ । बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १ सय जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जनाले भाग लिने छन् ।

यसअघि माओवादीको केन्द्रीय समिति बैठक २०७९ असार १९ गते बसेको थियो ।

यसैबीच, राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई अन्तिम रुप दिन आज बिहान ८ बजे स्थायी कमिटी बैठक बस्दैछ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रीय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरे पछि केन्द्रीय समितिमा प्रस्तुत हुनेछ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ६ : ३२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको