लमजुङमा ३ सय १३ वर्षको कैद भुक्तान गर्न बाँकी « Khabarhub

लमजुङमा ३ सय १३ वर्षको कैद भुक्तान गर्न बाँकी


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा विभिन्न अपराधमा अदालतबाट सजाय पाएकाहरूबाट ३ सय १३ वर्ष भन्दा बढीको कैद सजाय भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत लमजुङले जनाएको छ ।

अदालतमा पेश भएका मुद्दामध्ये अदालतले फैसला गरी कैद सजाय सुनाएका विभिन्न मुद्दाका अभियुक्तहरूबाट ३ सय १३ बर्ष ४ महिना ४ दिनको कैद भुक्तान हुन बाँकी रहेको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले जानकारी दिए ।

गत आर्थिक वर्षमा मात्रै लमजुङ जिल्ला अदालतले दुईसय ९१ वर्ष दुई महिना २९ दिन कैद फर्छ्यौट गरेको छ ।

अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका २ सय ९३ वर्ष १० महिना ४ दिन र नयाँ तर्फ ३ सय १० बर्ष ८ महिना २९ दिनको कैद सजाय मध्ये ४८  दशमलव १७ प्रतिशतको कैद सजाय फर्छ्यौट भएको न्यायाधीश खनालले बताए ।

न्यायाधीश खनालका अनुसार गत आर्थिक वर्षमा मात्रै जिम्मेबारी सरी आएका पुरनो तर्फ ६ वर्ष एक महिना आठ दिन र नयाँ तर्फ २ सय ८५ वर्ष एक महिना २९ दिन गरी कूल २ सय ९१ वर्ष दुई महिना २९ दिनको कैद फर्छ्यौट भएको छ । अ

घिल्लो वर्षसम्म लमजुङ जिल्ला अदालतमा २ सय ९४ वर्षको कैद लगत बाँकी  थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : ३८ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका