लमजुङमा ३ सय १३ वर्षको कैद भुक्तान गर्न बाँकी | Khabarhub Khabarhub

लमजुङमा ३ सय १३ वर्षको कैद भुक्तान गर्न बाँकी


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा विभिन्न अपराधमा अदालतबाट सजाय पाएकाहरूबाट ३ सय १३ वर्ष भन्दा बढीको कैद सजाय भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत लमजुङले जनाएको छ ।

अदालतमा पेश भएका मुद्दामध्ये अदालतले फैसला गरी कैद सजाय सुनाएका विभिन्न मुद्दाका अभियुक्तहरूबाट ३ सय १३ बर्ष ४ महिना ४ दिनको कैद भुक्तान हुन बाँकी रहेको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले जानकारी दिए ।

गत आर्थिक वर्षमा मात्रै लमजुङ जिल्ला अदालतले दुईसय ९१ वर्ष दुई महिना २९ दिन कैद फर्छ्यौट गरेको छ ।

अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका २ सय ९३ वर्ष १० महिना ४ दिन र नयाँ तर्फ ३ सय १० बर्ष ८ महिना २९ दिनको कैद सजाय मध्ये ४८  दशमलव १७ प्रतिशतको कैद सजाय फर्छ्यौट भएको न्यायाधीश खनालले बताए ।

न्यायाधीश खनालका अनुसार गत आर्थिक वर्षमा मात्रै जिम्मेबारी सरी आएका पुरनो तर्फ ६ वर्ष एक महिना आठ दिन र नयाँ तर्फ २ सय ८५ वर्ष एक महिना २९ दिन गरी कूल २ सय ९१ वर्ष दुई महिना २९ दिनको कैद फर्छ्यौट भएको छ । अ

घिल्लो वर्षसम्म लमजुङ जिल्ला अदालतमा २ सय ९४ वर्षको कैद लगत बाँकी  थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : ३८ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु