चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन | Khabarhub Khabarhub

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन जिल्लामा पशुचौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले बताए । उनका अनुसार प्रदेश सरकारबाट प्राप्त खोपलाई सातै पालिकामा वितरण गरी पशुलाई लगाइन्छ । प्रदेश सरकारले १३ जिल्लामा नै अभियानका रुपमा लम्पी स्किन विरुद्धको खोप लगाउन लागेको उनले जानकारी दिए ।

उनले अभियानका लागि साउन २२ गतेसम्म खोप जिल्लामा आइपुग्ने बताए । उनले भने, ‘अहिले पाँच हजार डोज खोप आउने अनुमान गरेका छौँ ।’ प्रदेश सरकारले अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गरेको हुँदा पछि पुनः थप हुन सक्ने उनको भनाइ छ । सातै पालिकामा पालिएका गाईभैँसीमा यो खोप लगाइने छ ।

डा. आचार्यले रोग लागिसकेका, गोठमा रोग देखिएका पशुहरुलाई खोप नलगाइने बताए । उनले भने, ‘स्वस्थ पशुलाई खोप लगाइन्छ ।’ जिल्लाका पालिकाहरुको सक्रियतामा खोप लगाइँदै आइएको छ । यसलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

जिल्लामा हालसम्म १८ हजार पाँच सय ९० पशुमा लम्पी स्किन विरुद्धको खोप लगाई सकिएको छ । भरतपुर महानगरपालिकामा तीन हजार सात सय ९०, खैरहनी नगरपालिकामा तीन सय, राप्ती नगरपालिकामा ६ हजार, रत्ननगरमा आठ हजार पाँच सय पशुमा खोप लगाइएको उनले जानकारी दिए ।

डा. अधिकारीका अनुसार जिल्लामा हालसम्म ११ हजार एक सय ८५ गाईभैँसीमा यो रोग देखिएको छ । कार्यालयको तथ्याङ्कअनुसार हालसम्म दुई सय ८७ गाई रोगका कारण मरिसकेका छन् ।

गर्मी याममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको आचार्यले जानकारी दिए । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ ।

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १० : ०३ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन