‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्वपूर्ण साझेदार’ « Khabarhub

‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्वपूर्ण साझेदार’


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन डिसी– अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताएका छन् ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि युएसएआइडी र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा तयार पारिएको नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी श्रव्यदृश्य सामग्रीको मङ्गलबार वाशिङ्गटन डिसीमा शुभारम्भ गर्दै राजदूत खत्रीले नेपालको प्राकृतिक सम्पदाको प्रचुरता र नेपाली संस्कृतिको विविधताले विश्व समुदायमा सदैव प्रशंसनीय भूमिका निर्वाह गरेको बताए ।

नेपालको प्रजातान्त्रिक प्रक्रिया र आर्थिक सुदृढीकरणले बाह्य लगानीका लागि ढोका खुला गरेको उल्लेख गर्दै ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानी गर्र्नुपर्नेमा उहाँले जोड दिए ।

कार्यक्रममा युएसएआइडीकी उपसहायक निर्देशक अञ्जली कौरले युएसएआइडीले नेपालको विकासका लागि प्राथमिकतामा राखेका क्षेत्र कृषि, पर्यटन र सूचना प्रविधि भएको बताइन् ।

उनले भनिन्, ‘युएसएआइडीले नेपालको पर्यटन बोर्डसँग मिलेर पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्न पाएकामा हामी खुसी छौँ ।’ उनले आगामी दिनमा युएसएआइडीले नेपालको विकासका लागि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।

अमेरिकी टिभी च्यानल पिविएसले नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी श्रव्यदृश्य सामग्री पाँच शृङ्खला तयार पारेर विभिन्न ठाउँमा प्रसारण गर्ने छ ।

पिविएस च्यानलका कार्यक्रम प्रस्तोता तथा कार्यकारी निर्माता डेनिस व्होले तयार पारेको उक्त सामग्री अन्यत्र पनि प्रदर्शन गरिनेछ । कार्यक्रममा नेपालका लागि अमेरिकाका पूर्वराजदूत पिटर वोडे, एनआरएनका अध्यक्ष डा अर्जुन वञ्जाडे, दूतावासका अधिकारीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ११ : ३८ बजे

आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै

अक्षय कुमार–प्रियदर्शनको ‘भूत बंगला’ को नयाँ प्रदर्शन मिति सार्वजनिक

काठमाडौं– बलिउडका चर्चित निर्देशक प्रियदर्शन र सुपरस्टार अक्षय कुमारबीच १४

पाँच महिनामा भित्रियो झण्डै ९ खर्ब रेमिट्यान्स, अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी

काठमाडौं– चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालमा

कोशी सरकारले सञ्चालनमा ल्यायो घुम्ती अस्पताल

काठमाडौं– कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको

विशेष महाधिवेशन पक्षेधरको भेला बागबजारमा

काठमाडौं– विशेष महाधिवेशन पक्षधरहरूले काठमाडौंको बागबजारस्थित नुर्जा पार्टी भेन्यूमा भेला