साउदीमा एक नेपालीको उद्धार | Khabarhub Khabarhub

साउदीमा एक नेपालीको उद्धार


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबमा मालिकले कोठामा थुनेर राखेका एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ । विगत ७ वर्ष अघि साउदी अरब पुगेका नवलपरासीका ओमबहादुर थापालाई उद्धार गरी नेपाल पठाइएको हो ।

रियादस्थित नेपाली दूतावासका अलकासिम प्रतिनिधी, एनआरएनए आईसीसी सदस्य विशालकुमार श्रेष्ट तथा एनआरएनए आरसीसी अलकासिम अध्यक्ष कृष्ण अधिकारीको सहयोगमा थापालाई नेपाल फर्काइएको हो ।

उनी सन् २०१६ मा रोजगारीका लागि काठमाडौँको कुपन्डोलमा रहेको अल जाफिर इन्टरनेशनल प्रालि मार्फत साउदी अरबको एक कृषि फार्ममा काम गर्न पुगेका थिए । उनी कम्पनी मालिकले ‘अकमा’ नबनाई दिएपछि गैरकानुनी रुपमा त्यहाँ बस्दै आएका थिए ।

अकमा नबनाई दिएको तथा मालिकले गैरकानुनी रुपमा काम लगाई स्वदेश फर्किन पनि नदिएको अवस्थामा दूतावासका प्रतिनिधि श्रेष्ठको सम्पर्कमा पुगेपछि त्यहाँको अनौजा सहरको श्रमिक अदालतबाट बहिर्गमन प्राप्त गरी नेपाल जाने बाटो खुलेको थियो ।

तर, बहिर्गमन भिसा प्राप्त गरेको सूचना कम्पनी मालिकले थाहा पाएपछि केही दिन कम्पनीमै थुनेर राखेका थिए। उनीलाई कम्पनीबाट भगाएर दुई दिन बुरैदाको एक होटलमा सुरक्षित राखी सोमबार नेपाल पठाइएको एनआरएनए आरसीसी अलकासिमका सहसचिव सिद्दिलाल श्रेष्ठले जानकारी दिए ।

 

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १२ : ०३ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु