जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, १५ जनाको मृत्यु « Khabarhub

जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, १५ जनाको मृत्यु


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

टोकियो– यतिबेला विश्वका अधिकांश देशले प्राकृतिक विपत्तिको सामना गरिरहेका छन् । कतिपय ठाउँमा भारी वर्षा विपद्को कारण बनेको छ भने कतिपय ठाउँमा अत्यधिक गर्मीले मानिसको ज्यान गएको छ ।

यस सन्दर्भमा दक्षिण कोरिया र जापान चर्को गर्मीको लहरको चपेटामा परेका छन्। दक्षिण कोरियामा गर्मीका कारण १२ जनाको ज्यान गएको छ भने जापानमा विद्यालयबाट फर्कने क्रममा १३ वर्षीया बालिकाको गर्मीबाट मृत्यु भएको छ ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले यो साता चर्को गर्मीका कारण ज्यान गुमाउनेमा ७० वर्षभन्दा माथिका पाँच जना किसान रहेको जनाएको छ । 

यसअघि गर्मीका कारण सात जनाको मृत्यु भइसकेको छ । पछिल्लो अवस्थालाई ध्यानमा राख्दै मंगलबार देशका अधिकांश भागमा गर्मीको लहरको चेतावनी जारी गरिएको थियो । समाचार अनुसार जुलाई महिनामा तापक्रम ४० डिग्री पुगेपछि मानिसहरू निकै चिन्तित भएका थिए ।

यस्तै मौसम जापानमा पनि छ । जसका कारण शुक्रबार १३ वर्षीया बालिकाको मृत्यु भएको थियो । मैनीचीको रिपोर्टका अनुसार उनी साइकलमा स्कूलबाट घर जाँदै थिइन्। त्यसपछि उनी बेहोस भइन् र फुटपाथमा लडेकी थिइन् । उनलाई अस्पताल लगिए पनि बचाउन सकिएन । अधिकारीहरूले बालिकाको मृत्यु हीटस्ट्रोकका कारण भएको दाबी गरेका थिए ।

योसँगै टोकियोमा एक वृद्ध दम्पती आफ्नै घरमा मृत फेला परेपछि शुक्रबारदेखि मृत्यु हुनेको संख्या तीन पुगेको छ । सहरको तापक्रम ३५ दशमलव ७ डिग्री पुगेका र वातानुकूलित नभएकाले उनीहरूको हीटस्ट्रोकबाट मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १२ : ४१ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६