लम्पी स्किनको उचित उपचारको माग गर्दै एमालेको प्रदर्शन  « Khabarhub

लम्पी स्किनको उचित उपचारको माग गर्दै एमालेको प्रदर्शन 


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरि रोकथाम नियन्त्रणका साथ उचित उपचारको व्यवस्था गर्नुपर्ने भन्दै नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

लम्पी स्किन रोगका कारण हजारौ पशुको मृत्यु भएको र लाखौ पशुहरू प्रभावित हुँदा पनि रोकथामको कुनै उपाय नअपनाएको भन्दै एमाले महानगर कमिटीले आज काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो । 

महानगर कमिटीले किसानलाई तत्काल बीमा उपलब्ध गराउनुपर्ने, क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले छिटो भन्दा छिटो किसानका गोठगोठमा उपचार सेवा उपलब्ध गराउनुपर्ने बताए । 

उनाले मुलुकभरका १० लाख पशु प्रभावित भएको अवस्थामा लम्पी स्किनलाई नियन्त्रणमा लिन सरकारले कुनै पहल नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रदर्शनमा सहभागीहरूले लम्पि स्किन रोग महामारी घोषणा गर, पीडित किसानलाई क्षतिपूर्ति दे, भ्रष्टाचार नियन्त्रण गर, भूमिहीन समस्या समाधान गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १ : २० बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको