पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा « Khabarhub

पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नियामे– सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन् । 

अल्जेरिया, बुर्किना फासो, लिबिया, माली र चाडसँगको भूमि र हवाई सिमाना पुनः खोलिएको ती सैनिक अधिकारीले घोषणा गरेका हुन् । गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमान टियानीले गरेका थिए । 

जनरल टियानीले जहादीहरूद्वारा लामो समयदेखि चलिरहेको विद्रोह अन्त्य गर्न असफल भएको, भ्रष्टाचार र आर्थिक समस्या बढेका तथा सुरक्षा व्यवस्थामा भएको ह्रासलाई सम्बोधन गर्न सत्ता हातमा लिएको बताएका छन् । 

यसैबीच, लामो समयसम्म नाइजरलाई आफ्नो उपनिवेश बनाएको फ्रान्सले सैन्य विप्लव प्रभावित नाइजरबाट दुई सय ६२ जनालाई पेरिस पुर्‍याएको छ । नाइजरमा आफ्ना नागरिक असुरक्षित हुने भन्दै फ्रान्सले त्यहाँबाट उनीहरूलाई स्वदेश पुर्‍याएको हो । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले एक दर्जन बालबालिकासहित दुई सय ६२ जनालाई नाइजरबाट ल्याइएको बताए ।

पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदाय, अफ्रिकी सङ्घ, युरोपेली सङ्घ, संयुक्त राष्ट्रसङ्घ, अमेरिका, जर्मनी, फ्रान्सलगायत अन्तर्राष्ट्रिय समुदायले सैन्य विप्लवको विरोध गर्दै वैधानिक राष्ट्रपति मोहम्मद बाजुमलाई पुनःस्थापना गर्न माग गरेको छ । साथै उनीहरूले बाजुम र उनका परिवारको सुरक्षाको माग गर्दै अविलम्ब रिहाइको माग गरेका छन् । 

आर्थिक समुदाय र अन्तर्राष्ट्रिय जगत्ले लोकतन्त्रको रक्षा गर्न तथा यस क्षेत्रमा लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन हरसम्भव प्रयास गर्ने नाइजेरियाका राष्ट्रपति एवम् पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदायका अध्यक्ष बोला टिनुबुले एक विज्ञप्ति निकालेर बताएका छन् ।

भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  २ : ३३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले