माओवादी नेतृत्वको सरकार गठन भएपछि जनतामा विश्वास उत्पन्न भएको छ : प्रचण्ड « Khabarhub

माओवादी नेतृत्वको सरकार गठन भएपछि जनतामा विश्वास उत्पन्न भएको छ : प्रचण्ड


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो चरणमा माओवादी नेतृत्वको सरकार गठन भएपछि जनतामा विश्वास उत्पन्न भएको बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले केन्द्रीय समितिले जनतामा उत्पन्न भएको आशा र भरोसालाई संगठनमा रुपान्तरण गर्ने अभियानमा बदल्ने विश्वास व्यक्त गरे ।

प्रचण्डले माओवादी पार्टी, पार्टी जस्तो हुन नसकेको भन्दै पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी बैठकबाटै गर्नुपर्ने धारणा राखे । पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकारले राष्ट्र र जनताको पक्षमा, सामाजिक न्याय र सुशासनको पक्षमा नयाँ संकल्पको साथ अगाडि बढ्ने पहल गरिरहेको उल्लेख गर्दै प्रचण्डले सरकारले अघि सारेका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाएर राष्ट्र र जनताको आवश्यकता अनुसार अगाडि बढ्न बैठकले सहज वातावरण बनाउने विश्वास व्यक्त गरे ।

उनले राष्ट्रिय एकता र स्वाधिनतालाई मजबुत बनाउन जरुरी रहेको समेत बताए । प्रचण्डले पार्टी एकतालाई निरन्तर सुदृढ गर्न नसक्नु कमजोरी भएको भन्दै विभाजनको पीडाबीच अहिले फेरि नयाँ एकताको प्रयासमा जान लागेको धारणा राखे ।

केन्द्रीय समिति बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट सय जना गरी जम्मा ७५८ सहभागी रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ०४ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट