निर्माणाधिन संसद भवनको प्रगतिप्रति सभामुख घिमिरे असन्तुष्ट « Khabarhub

निर्माणाधिन संसद भवनको प्रगतिप्रति सभामुख घिमिरे असन्तुष्ट


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख देवराज घिमिरेले निर्माणाधिन संसद भवनको प्रगतिप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार सिंहदरबारमा निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माण कार्यले तीव्रता पाउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले संसद भवनको आर्थिक भार बढ्दै गएको अवस्थामा भौतिक निर्माण अवस्था कमजोर देखिएको जिकिर गरे ।

असोजसम्म निर्माण सम्पन्न गर्ने भएपनि हिउँदे अधिवेशनसम्म पनि सम्पन्न नहुने देखिएको उनले बताए । सभामुख घिमिरेले अहिलेको संसद भवनमा देखिएको समस्या नयाँ भवनमा सरेपछि समाधान हुने भनेपनि समयमा नै सम्पन्न हुन नसक्दा असहज भएको धारणा राखे ।

छलफलका क्रममा विशेष भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जनले अहिले संसद भवनको भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६२ दशमलव १० प्रतिशत रहेको जानकारी दिए । उनले ३ अर्ब ७७ करोडको भुक्तानी भइसकेको बताए ।

सिंहदरबारभित्र कुल १ सय ७३ रोपनी ८ आना जग्गामा संसद भवन सहितका विभिन्न १२ वटा संरचना सहितको नयाँ संसद भवन निर्माण भइरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : १५ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम