विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् । कैलालीको कैलालीका विभिन्न ठाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमध्ये गोदावरी नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरसहित ३ जना ३० मिलिग्राम तथा सु.प.प्रदेश ०१-०११ प ५५१६ नम्बरको मोटरसाइकलसहित धनगढी उपमहानगरपालिका-३ स्थित फाप्ला ग्राउण्डबाट, धनगढी उपमहानगरपालिका-८ बस्ने २१ वर्षीय राहुल राना र २० वर्षीय अरुण रानालाई करिब ७ सय मिलिग्राम तथा सु.प.प्र ०१०१० प ९५९६ नम्बरको मोटरसाइकलसहित सोही उपमहानगरपालिका-३ ब्यारेलबाट र गोदावरी नगरपालिका-१ बस्ने २३ वर्षीय तेज साउदलाई करिब ४ सय मिलिग्रामसहित सोही नगरपालिका-१ धनगढी रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।  

कञ्चनपुरको कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये भिमदत्त नगरपालिका-९ ब्रह्मदेव बस्ने ३४ वर्षीय भानुभक्त जोशीलाई करिब २ ग्राम २४ मिलिग्रामसहित सोही ठाउँबाट र भिमदत्त नगरपालिका-१० गड्डा बस्ने जनक बहादुर कार्कीलाई करिब ९ ग्राम १७ मिलिग्रामसहित सोही नगरपालिका-१० भुजेला पुलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित गोरखा सिरानचोक गाउँपालिका-४ घर भएका २३ वर्षीय विकास सिर्मललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले ग.१ ख ४०९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय तिर्थ रावतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिरहाको सिरहा नगरपालिका-१७ पटेर्वा बाँधस्थित सडकबाट करिब ७ किलो गाँजा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीलाई देख्नासाथ बीआर ३२ सी ६०२२ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएपश्चात् मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : १४ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज