फक्सकनले भारतमा थप लगानी गर्ने « Khabarhub

फक्सकनले भारतमा थप लगानी गर्ने


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली-  विद्युतीय सामग्री तथा उपकरण उत्पादनका निम्ति विश्व प्रख्यात ताइवनी कम्पनी फक्सकनका प्रमुखले भारतमा थप लगानी गर्ने बताएका छन् ।

सूचना प्रविधिको क्षेत्रमा उपकरण उत्पादनमा नाम कमाएको उक्त कम्पनीले भारतको तमिलनाडुमा १६ अर्बको लागतमा विद्युतीय उपकरण बनाउने कारखाना खोल्न सहमति जनाएको दुई दिनपछि कम्पनीका प्रमुख योङ लिउबाट थप लगानीको प्रतिबद्धता सार्वजनिक भएको हो ।

फक्सकनले तमिलनाडुमा ‘इलेक्ट्रोनिक कम्पोनेन्ट’ उत्पादन गर्ने कारखानामा छ हजारभन्दा बढीले रोजगारी पाउने छन् । तमिलनाडु सरकारका एक जना वरिष्ठ अधिकारीका अनुसार राज्यको राजधानी चेन्नइ नजिकको कञ्चीपुर जिल्लामा कारखाना स्थापना गरिनेछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत शुक्रबार गुजरातको गान्धीनगरमा फक्सकनका प्रमुख योङलाई स्वागत गर्दै ‘सेमिकण्डक्टर’ उत्पादन गर्ने कारखाना स्थापना गर्न आग्रह गरेका थिए । अधिकांश आधुनिक औद्योगिक प्रतिष्ठानदेखि कम्युटरलगायत यन्त्र तथा उपकरणका लागि आवश्यक पर्ने सेमिकन्डक्टर भारतजस्तो लोकतान्त्रिक मुलुकमा गर्नु फक्सकनका निम्ति लाभदायक हुने उनले बताएका थिए ।

संसारभरका लगानीकर्तालाई भारतमा चिप र सेमिकन्डक्टर बनाउने उद्योगमा लगानी गर्न आह्वान गर्दै त्यसबाट प्राप्त हुने अथाह लाभ उठाउन प्रधानमन्त्रीले आग्रह गरे । चिप र सेमिकन्डक्टर बनाउनु भारतको मात्र आवश्यकत नभएको उल्लेख गर्दै उहाँले विश्वलाई आवश्यक पर्ने विश्वसनीय चिपको आपूर्ति भारतबाट हुने बताए

प्रमुख कार्यकारी अधिकृत योङले प्रधानमन्त्री मोदीको ‘मेक इन इन्डिया सेमीकन्डक्टर’ दुरदर्शी योजनाको सराहना गर्दै भारतसग साझेदारी गर्न तयार रहेको बताए । उनले भरपर्दो साझेदार भारतसँग सहकार्य एवम् साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तीनदिने ‘सेमिकन इन्डिया’ सम्मेलनमा भाग पनि लिएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ३३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको