सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री साउद « Khabarhub

सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री साउद


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले सबै प्रकारका नियुक्ति समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा राजदूत नियुक्तिका विषयमा जानकारी दिँदै मन्त्री साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले लोकसेवा आयोगबाट पदपूर्तिमा नै समावेशी सिद्धान्तका आधारमा सबैको प्रतिनिधित्व सुनिश्चित हुने गरी दरखास्त आह्वान तथा पदपूर्ति गर्ने गरिएको जानकारी दिए ।

राजदूत पदमा ५० प्रतिशत नघट्ने गरी परराष्ट्र सेवाका कर्मचारीलाई नियुक्त गर्नुपर्ने निर्देशिकाको प्रावधान पालना गर्दै अहिले राजदूत सिफारिस भएको उनले बताए ।

विशिष्टिकृत योग्यताका आधारमा परराष्ट्र सेवाका कर्मचारीलाई राजदूत सिफारिस गरिकै कारण अहिले पूर्ण रुपम समावेशी हुन नसकेको उनको भनाइ छ ।

मन्त्री साउदले हाल २६ देशमा कार्यरत राजदूतमध्ये महिला तीन, जनजाति चार, मधेसी एक र अपाङ्गता भएका एक जना रहेको पनि जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले संविधानको व्यवस्था अनुसार समावेशीका आधारमा राजदूत सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ५२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार