सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री साउद « Khabarhub

सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री साउद


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले सबै प्रकारका नियुक्ति समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा राजदूत नियुक्तिका विषयमा जानकारी दिँदै मन्त्री साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले लोकसेवा आयोगबाट पदपूर्तिमा नै समावेशी सिद्धान्तका आधारमा सबैको प्रतिनिधित्व सुनिश्चित हुने गरी दरखास्त आह्वान तथा पदपूर्ति गर्ने गरिएको जानकारी दिए ।

राजदूत पदमा ५० प्रतिशत नघट्ने गरी परराष्ट्र सेवाका कर्मचारीलाई नियुक्त गर्नुपर्ने निर्देशिकाको प्रावधान पालना गर्दै अहिले राजदूत सिफारिस भएको उनले बताए ।

विशिष्टिकृत योग्यताका आधारमा परराष्ट्र सेवाका कर्मचारीलाई राजदूत सिफारिस गरिकै कारण अहिले पूर्ण रुपम समावेशी हुन नसकेको उनको भनाइ छ ।

मन्त्री साउदले हाल २६ देशमा कार्यरत राजदूतमध्ये महिला तीन, जनजाति चार, मधेसी एक र अपाङ्गता भएका एक जना रहेको पनि जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले संविधानको व्यवस्था अनुसार समावेशीका आधारमा राजदूत सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ५२ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई