पाथीभरामा पर्यटन सूचना केन्द्र « Khabarhub

पाथीभरामा पर्यटन सूचना केन्द्र


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन गरेसँगै केन्द्र स्थापना हुने भएको हो ।

फुङ्लिङ नगरपालिका–११ तल्लो फेदी पाथीभरा जाने पदर्मागको प्रवेशद्वार भएकाले उक्त स्थानमा सूचना केन्द्र स्थापना गर्दा पर्यटकलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । उनका अनुसार केन्द्र स्थापनाका लागि विभागमार्फत रू ३५ लाख रकम विनियोजन भएको छ । उनले भने, “रू पाँच करोड माग गरेका थियौँ, अहिले बजेट थोरै आए पनि क्रमागत रुपमा आउँछ ।”

पाथीभरा आउने धार्मिक पर्यटकलाई यसको महत्वका साथै यात्राका क्रममा आवश्यक पर्ने सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको समितिले जनाएको छ । केन्द्र स्थापना भएसँगै ताप्लेजुङमा रहेका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको एकै ठाउँबाट सूचना उपलब्ध हुनेछन् ।

“समुद्र सतहबाट तीन हजार सात सय मिटरमा अवस्थित पाथीभरा प्रसिद्ध धार्मिकस्थल हो”, काफ्लेले भने, “यहाँ दैनिक हजारौँ दर्शनार्थी आउने भएकाले उनीहरुको सहजताका लागि सूचना केन्द्र स्थापनाको पहल थालेका हौँ ।” उनका अनुसार समितिमा एकै दिन २० हजारसम्मले पूजापाठ गरेको तथ्याङ्क छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ४ : २९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार