पर्याप्त वर्षा नहुँदा तनहुँका टारी खेतमा रोपाइँ हुन सकेन « Khabarhub

पर्याप्त वर्षा नहुँदा तनहुँका टारी खेतमा रोपाइँ हुन सकेन


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

दमौली– पर्याप्त वर्षा नभएकाले तनहुँका टारी खेतहरूमा अझै रोपाइँ हुनसकेको छैन । जिल्लामा यस वर्ष समयमै वर्षा नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको हो । 

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर ७९ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ । अझै पनि टारी खेतमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिएका छन् । उनले भने, ‘आकाशे पानीको भर पर्नुपर्ने ठाउँमा अझै पनि रोपाइँ हुनसकेको छैन, कुलो, नहरबाट पानीको व्यवस्था भएका अधिकांश ठाउँमा रोपाइँ सकिएको छ ।’

टारीखेतमा पानीको असुविधा भएकाले वर्षा नहुँदासम्म रोपाइँ गर्न कठिनाइ भएको तिवारीको भनाइ छ । उनले भने, ‘यस वर्ष जिल्लामा रोपाइँ पनि ढिला भएको हो, समयमै पानी नपर्दा धानको बीउ राख्नै समस्या भयो ।’ 

तिवारीका अनुसार यस वर्ष समयमै पानी नपरेका कारण धेरै ठाउँमा कृषकले समयमै बीउ राख्न पाएनन् । कतिपय ठाउँमा भने कृषकले रोपाइँ गर्ने आँट नै गरेनन् । कुलो, बाँधबाट पानीको व्यवस्था भएको ठाउँमा रोपाइँ सुरु भए पनि मूल नफुटेका कारण अन्यत्र ठाउँमा रोपाइँ गर्न ढिलाइ भएको उनको भनाइ छ ।

तिवारीका अनुसार भानु नगरपालिकामा अन्यत्रभन्दा छिटो रोपाइँ भएको छ । सो नगरपालिकास्थित चुँदीफाँटमा यही वर्ष निर्माण गरिएको कुलोका कारण पानीको सहज व्यवस्था भएपछि त्यहाँ रोपाइँ सहज भएको छ । कृषि ज्ञान केन्द्र र सिँचाइ तथा जलस्रोत कार्यालयको रु दुई लाखमा सहयोगमा एक सय मिटर कुलो निर्माण गरिएको छ । 

शुक्लागण्डकी नगरपालिका–८ भुङभुङेमा सबै भूभागमा रोपाइँ सकिएको स्थानीय लोकनारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार साउनको पहिलो साता नै यस ठाउँमा रोपाइँ सकिएको थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका दश हजार दुई सय दश हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा चैतेधानको रोपाइँ हुने गरेको छ । तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायतका धानखेती हुने गरेको छ । गत वर्ष जिल्लामा ३३ हजार दुई सय ८० मेट्रिक टन वर्षे र सात हजार नौ सय ३८ मेट्रिक टन चैतेधान उत्पादन भएको थियो । 

जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । जिल्लामा ५१ हजार पाँच सय १० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । जिल्लामा १३ हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ । छ हजार तीन सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रैमहिना सिँचाइको सुविधा पुगेको छ भने सात हजार दुई सय ३६ हेक्टर क्षेत्रफमा मौसमी सिँचाइको सुविधा पुगेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ४ : ३४ बजे

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए

काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जलेश्वर – विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो

नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ

नेपालगञ्ज– सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध  अफिम र

मध्यपूर्व युद्धबीच पनि हज यात्रीको सङ्ख्यामा वृद्धि

मक्का- अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण गरेपछि मध्यपूर्वमा