डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का रहने « Khabarhub

डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का रहने


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने भएको छ । सिडीएससीले डिम्याट नवीकरण नगर्ने लगानीकर्ताको भदौ १५ देखि मेरो शेयर रोक्का राख्ने जनाएको हो ।

लगानीकर्ताहरुले डिम्याट नवीकरण नगरी मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गर्न थालेपछि सिडीएससीले यस्तो निर्णय गरेको हो । आईपीओ मात्र भरी दोस्रो बजारमा कारोबार नगर्ने र मेरो शेयरमात्र नवीकरण गर्ने प्रवृत्ति बढेपछि त्यसलाई न्यूनीकरण गर्न डिम्याट खाता नवीकरण नगरे सम्म मेरो शेयर पनि रोक्का राख्ने भएको हो ।

डिम्याट खाता नवीकरण गर्दा वार्षिक रुपमा १०० तिर्नुपर्छ भने मेरो शेयर नवीकरण गर्दा ५० तिर्नुपर्ने व्यवस्था रहेको छ । लगानीकर्ताले डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनुअघि निक्षेप सदस्य डीपी लाई बुझाउने व्यवस्था रहेको छ ।

यसको विपरित शुल्क नतिर्ने लगानीकर्ताको डिम्याट खाता निक्षेप सदस्यले रोक्का राख्ने गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : २४ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य