सरकारले ठूला भ्रष्टाचारीलाई संरक्षण गरेर भरियालाई समात्यो : ज्ञानेन्द्र शाही « Khabarhub

सरकारले ठूला भ्रष्टाचारीलाई संरक्षण गरेर भरियालाई समात्यो : ज्ञानेन्द्र शाही


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धनगढी- प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले सरकार ठूला भ्रष्टाचारीलाई संरक्षण गरेर भरियालाई समात्न केन्द्रित भएको आरोप लगाएका छन् ।

राप्रपा सुदूरपश्चिम प्रदेश समितिको १३औं बैठक तथा नवीन राप्रपाको अवधारणा बारे जानकारी दिन बुधबार राप्रपा प्रदेश कमिटिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकारले ठूला भ्रष्टाचारीलाई संरक्षण गरेर भरियालाई मात्र समातेको आरोप लगाएका हुन् ।

‘सरकारले ललिता निवास प्रकरणमा जग्गा किन्नेलाई समातेको छ,’ शाहीले भने, ‘तर जग्गा व्यक्तिको नाममा सार्न दिने निर्णय गर्ने तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललाई संरक्षण गरेको छ, त्यतिमात्र नभइ ललिता निवासको जग्गा पहिला नाममा गर्ने जग्गा धनीलाई पनि सरकारले समातेको छैन, जग्गा किन्ने कसरी दोषी हुन्छन् ?’

उनले एक क्विन्टल सुन प्रकरणमा पनि भरियालाई समातेको र सुन तस्करीलाई सरकारलेनै संरक्षण गरेको आरोप लगाए ।

सुन तस्करी काण्डको छानबिन गर्न राप्रपा, नेकपा एमाले लगायतका दलले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएकोमा सरकारले त्यसलाई बेवास्ता गरेको प्रतिनिधि सभा सदस्य शाहीले बताए । उच्चस्तरीय छानबिन समिति गठन गर्दा सरकारमा सहभागि दलबाटै धेरै नेताको संलग्नता देखिने डरले प्रधानमन्त्रीलेनै उच्च स्तरिय छानबिन समिति गठनको मागलाई बेवास्ता गरेको शाहीको आरोप छ ।

‘सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महाराको संलग्नता रहेको प्रहरीको रिपार्टले प्रष्ट देखाइसकेको छ,’ शाहीले भने, ‘त्यसलाई सरकारले नसुनेजस्तो गरेको छ, किनकी माओवादी केन्द्रले त्यसमा छानबिन गरेमा सो पार्टीका धेरै नेता फस्नेवाला छन् ।’ एक क्वीन्टल सुन भित्र्याउन सरकारकै मन्त्रीको प्रत्यक्ष संलग्नता रहेको उनको आरोप छ ।

यी दुई घटनाबाट नै सरकार ठूला माछालाई लुकाएर भ्रष्टाचार नियन्त्रण लागेजस्तो मात्रै गरेको प्रष्ट हुने उनले बताए । उनले सरकार जनताका आँखामा छारो हालेर सस्तो लोकप्रियता कमाउन तर्फ लागेको भन्दै त्यसको प्रयास धेरै नटिक्ने बताए ।

पहिला हतियार बोकेर जनतालाई तर्साउने माओवादी केन्द्रले अहिले क्यामराको आडमा जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाए । त्यसका लागि माओवादी केन्द्रले ठूला सञ्चार प्रतिष्ठानलाई प्रलोभनमा पारेर आफ्नो पक्षमा ल्याएको उनले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ६ : ४४ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)