एशिया यू–२० सेभेन्स रग्बी प्रतियोगिता नेपालमा आयोजना « Khabarhub

एशिया यू–२० सेभेन्स रग्बी प्रतियोगिता नेपालमा आयोजना


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एशिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता आगामी भदौमा नेपालमा आयोजना हुने भएको छ ।

नेपाल रग्बी संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशिया रग्बीको आयोजना र संघको व्यवस्थापनमा भदौ २ र ३ गते प्रतियोगीता आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगितामा एशियाका भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेड, हङकङ, उज्बेकिस्तान र नेपालको सहभागिता रहनेछ । जसमा पुरुष रग्बी सेमेन्सतर्फ ७ राष्ट्र र महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसियाले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले एशिया रग्बीको ट्रफी प्राप्त गर्ने संघका महासचिव गोबिन्द घिमिरेले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसका लागि एशिया रग्बी, राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद् र विभिन्न प्रायोजकहरूले साथ दिएको घिमिरेले बताए ।

प्रतियोगिताका लागि नेपाली यू–२० महिला तथा पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको संघले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : ४६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस