भुइँ बारुला खाँदा मनाङमा सात जना बिरामी « Khabarhub

भुइँ बारुला खाँदा मनाङमा सात जना बिरामी


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

चामे- हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा सात जना बिरामी परेका छन् । मङ्गलबार दिउँसो चामे गाउँपालिका–३ कोतोमा काम गर्ने सात जना मजदुरले सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन् ।

गोरखाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोरखाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले, गोरखाका वनबहादुर आले बिरामी परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीका अनुसार सिङ्गुस खाएका सात जनालाई लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । “सिङ्गुस खाएर रातिदेखि मुटु, छाती र सबै जीउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारको लागि लमजुङ अस्पताल पठाइएको छ”, प्रनाउ भण्डारीले भने ।

उनका अनुसार सबै बिरामी अचेत अवस्थामा रहेका छन् । सिङ्गुस खाएर ३५ देखि ४८ उमेर समूहको रहेको उनले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : ५७ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी