भुइँ बारुला खाँदा मनाङमा सात जना बिरामी « Khabarhub

भुइँ बारुला खाँदा मनाङमा सात जना बिरामी


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

चामे- हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा सात जना बिरामी परेका छन् । मङ्गलबार दिउँसो चामे गाउँपालिका–३ कोतोमा काम गर्ने सात जना मजदुरले सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन् ।

गोरखाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोरखाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले, गोरखाका वनबहादुर आले बिरामी परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीका अनुसार सिङ्गुस खाएका सात जनालाई लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । “सिङ्गुस खाएर रातिदेखि मुटु, छाती र सबै जीउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारको लागि लमजुङ अस्पताल पठाइएको छ”, प्रनाउ भण्डारीले भने ।

उनका अनुसार सबै बिरामी अचेत अवस्थामा रहेका छन् । सिङ्गुस खाएर ३५ देखि ४८ उमेर समूहको रहेको उनले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : ५७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा