हिन्द प्रशान्त क्षेत्रलाई खुला, स्वतन्त्र र समृद्ध बनाउन जापान र भारत सहमत « Khabarhub

हिन्द प्रशान्त क्षेत्रलाई खुला, स्वतन्त्र र समृद्ध बनाउन जापान र भारत सहमत


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- हिन्द प्रशान्त क्षेत्रलाई खुला, स्वतन्त्र र समृद्ध बनाउन जापान र भारत सहमत भएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित मन्त्रीस्तरीय सुरक्षा बैठकका क्रममा समावेशिता र विधिको शासनका आधारमा यस क्षेत्रमा थप सहकार्य गर्न दुई मुलुक सहमत भएका हुन् ।

बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका जापानी समकक्षी योशिमासा हायाशी सहभागी रहेका थिए ।

बैठकका क्रममा भारत र जापानबीच कायम विशेष रणनीतिक सम्बन्ध र विश्वव्यापी साझेदारीका विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

बैठकका क्रममा द्विपक्षीय सम्बन्ध, दुई मुलुकका साथै अमेरिका र अस्टे«लिया सहभागी क्वाड समूह, जी २० र जी ७ जस्ता बहुपक्षीय मञ्चलगायतका मुद्दाहरुमा पनि चर्चा भएको थियो ।

दुई देशका मन्त्रीहरुले द्विपक्षीय सहकार्यप्रति सन्तोष व्यक्ति गर्दै आत्मरक्षा एवम् सुरक्षा क्षेत्रमा कायम साझेदारीलाई अझ गहिरो बनाउने विषयमा छलफल गरेका थिए ।

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  २ : ४२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल