माओवादीको तीन महिने अभियान आजदेखि सुरु हुँदै « Khabarhub

माओवादीको तीन महिने अभियान आजदेखि सुरु हुँदै


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजबाट सुरु हुँदैछ ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्ने तयारी रहेको छ ।

माओवादी केन्द्रिय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी मुख्यालय पेरिसडाँ‍डाबाट अध्यक्ष दाहालले सम्बोधनसहित अभियानको थालनी गर्ने दाहालको सचिवालयले जनाएको छ ।

पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ ।

अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ ।

अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पु¥याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।

अभियानअन्तर्गत पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ६ : ४१ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा