काभ्रेका चार पालिका सम्मानित « Khabarhub

काभ्रेका चार पालिका सम्मानित


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काभ्रे– जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गरिने मूल्याङ्कनमा यहाँका पालिकामध्ये चार पालिकालाई सम्मान गरेको छ ।

समन्वय समितिको सातौँ जिल्ला सभाको अवसरमा गाउँपालिकाको तर्फबाट महाभारत र खानीखोला गाउँपालिका तथा नगरपालिकाको तर्फबाट धुलिखेल र बनेपा नगरपालिकालाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा आर्थिक वर्ष २०७८–७९ को नतिजामा जिल्लाका गाउँपालिकामध्य डाँडापारिस्थित महाभारत गाउँपालिका प्रथम र नगरपालिकामध्येमा धुलिखेल नगरपालिका प्रथम भएका थिए ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा आव २०७८–७९ मा गाउँपालिकामा डाँडापारिस्थित खानीखोला गाउँपालिका र नगरपालिकामा बनेपा नगरपालिका प्रथम भएका थिए ।

सम्मानप्राप्त गर्ने पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको टोलीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले संयुक्तरुपमा सम्मानपत्र प्रदान गरे । जिल्लामा ६ वटा नगरपालिका र सात वटा गाउँपालिका छन् ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जिल्ला समन्वय समितिले सम्मान गरेर जनसेवाको काममा थप ऊर्जा मिलेको बताए ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सातौँ जिल्लासभामा आव २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। जसमा जिल्ला समन्वय समितिबाट आव २०७९–८० मा सम्पादित १८ बुँदे महत्वपूर्ण कार्य, आव २०८०–८१ को लागि ५५ वटा प्रस्ताविक नीति कार्यक्रमका साथै २०७८–७९ को वित्तीय प्रगतिलगायतका प्रतिवेदन पेश गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ८ : ५३ बजे

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको