सङ्गीतकार वसन्त क्षेत्री | Khabarhub Khabarhub

सङ्गीतकार वसन्त क्षेत्री



नेपाली गीत संगीतको संरक्षणमा नेपालका गायक गायिकाको जति योगदान छ त्यति नै भारतको पश्चिम बङ्गालको दार्जिलिङको सांगीतिक योगदानको पनि महत्त्वपूर्ण भूमिका छ। दार्जिलिङको अघिल्लो पक्तिका संगीतकारमा नवीन बर्देवा, गोपाल श्रेष्ठको संयुक्तिमा उर्मिला कुमारी श्रेष्ठको ‘सन्ध्या तिम्रो रिमझिमतामा’ चर्चाको पहिलो शृङ्खलामा आउँछ भने त्यसपछि शेखरमणि दीक्षित र कविलाल सुब्बाको नाम आउँछ।

जब अम्बर गुरुङले नेतृत्व लिएको आर्ट एकेडेमीको लहर आएपछि सङ्गीतको एक विशेष पहल हुन्छ। अगमसिंह गिरीको शब्दमा अम्बर गुरुङले ‘नौलाख तारा उदाए’गाएपछि दार्जिलिङमा सांगीतिकको एउटा युग जागरण हुन्छ।

अम्बर गुरुङ नेपाल आएपछि उनीसँग रहेका धेरै संगीकर्मी लाखापाखा भए। कोही बम्बई गए। कोही दार्जिलिङ, सिलगुडी गए त सिक्किम गए। तर सङ्गीतकार कर्म योञ्जन र उनी जस्तै अर्का सङ्गीतकार वसन्त क्षेत्री दार्जिलिङमै रहे।

वसन्तकुमार क्षेत्री नामबाट रेडियो नेपालमा विश्व वल्लभको शब्दमा गायकको रूपमा प्रवेश गरेका वरिष्ठ गीतकार कवि नाटककार ईश्वर वल्लभका आफ्नै साला हुन्। उनीसँगै उनका दुई भाइ पनि सङ्गीतमा आबद्ध छन्। आज हामी वसन्त क्षेत्रीको चर्चा गर्दैछौं।

वसन्त क्षेत्री अहिले दार्जिलिङको हिमालय कला मन्दिरको अध्यक्ष छन्। हिमालय कला मन्दिर जहाँ नारायण गोपाल र गोपाल योञ्जनको पहिलो भेट गराइदिएका थिए कवि गीतकार ईश्वर वल्लभले। यो हिमालय कला मन्दिरको चिसो सिँढीमा जहाँ नगेन्द्र थापाले धेरै गीत लेखेका थिए। त्यही अहिले वसन्त क्षेत्री छन्।

वसन्त क्षेत्रीले दार्जिलिङको रङ्गमञ्चमा धेरै नयाँ कलाकारलाई मञ्चमा ल्याए। उनको सङ्गीतमा गायिका दावा ग्याल्मोले गाएको तेजेन्द्र गुरुङको शब्दको ‘रात गहिरिँदै जान्छ कल्पनाको सागरमा माया धेरै हुन्छ’यो दावा ग्याल्मोको रेकर्ड भएको पहिलो गीत हो। यसमा बाजाको सम्मिश्रण र फरक बाजाको प्रयोगले गीतलाई यादगार बनाएको छ।

रेडियोको माइक्रोफोन अगाडि पहिलो पटक गीत रेकर्ड गर्न बसेकी दाबा ग्याल्मो यही गीतपछि नै लोकप्रिय भइन। वसन्त क्षेत्रीले आफ्नो सङ्गीतमा दाबा ग्याल्मोलाई अन्य गीत पनि गाउन दिएका थिए। उनले ईश्वर वल्लभका गीतहरू पनि सङ्गीत गरेका छन्। किरण ठकुरीका गीत पनि सङ्गीत गरेका छन्।

किरण ठकुरीको एकदमै लोकप्रिय गीत ‘सहरभित्र के हो हल्ला मेरो मायालु आउने बेलामा’ यो एकदमै यादगार गीत हो। उनले गीतकार राजेन्द्र थापाको ‘मैले भुल्न खोजे यति धेरै कि पलपल तिमी याद आइरह्यौँ’ जस्तो गीत ओमविक्रम विष्टको शैलीमा सङ्गीत गरेर पवन गोलेलाई गाउन लगाएका छन्।

उनले एउटै मात्र गीत लेख्ने गीतकार कृष्ण प्रधानको ‘मेरा यौवनहरू मातिजान्छन्’ जस्ता गीत दीप श्रेष्ठलाई गाउन लगाएका छन्।

वसन्त क्षेत्री नेपाली सङ्गीत आकाशमा एक अत्यन्त सम्मानित सक्रिय पूजनीय नाम हो। उनको संगीतमा दीप श्रेष्ठले गाएको वा प्रेमध्वज प्रधानले गाएको गीत होस् वा ओम विक्रम विष्टले गाएका पप शैलीका गीत होस्। सबै गीतको एउटा आफ्नै किसिमको शैली छ।

वसन्त क्षेत्रीलाई छिन्नलता गीतकार पुरस्कार गुठीले केही वर्ष अगाडि संगीतकारको रूपमा पुरस्कृत गरेको छ। उनलाई पुरस्कृत गर्नुपर्ने समय ढिलो मात्र होइन बेला गइसकेकको भए पनि शालिन जिन्दगीमा फेरि सक्रियताको सम्भावना देखियो।

यसपछि उनले नयाँ गीत सङ्गीत गरेका छन्। दावा ग्याल्मोको स्वरमा कुनै समयको आफ्नो विशिष्ट स्वर भएकी गायिका दावा ग्याल्मोले फेरि त्यही स्वर शैली र त्यही ऊर्जामा ‘म आतपमा तिमी सित हिडेँ, म सापटमा तिमी सित हिडेँ’ भन्ने गीत सङ्गीत गरेपछि फेरि वसन्त क्षेत्री चर्चामा आएका छन्।

वसन्त क्षेत्रीको संगीतकारको व्यक्तित्वको यो एउटा मात्र पाटो हो। तर उनले सङ्गीतकार भइकन दार्जिलिङका गुमनाम भएका गीतकारलाई पनि विशेषताका साथ अगाडि ल्याएका छन्। चाहे ती तेजेन्द्र गुरुङ, किरण ठकुरी वा अरु किन नहुन्।

उनले नेपाल र दार्जिलिङको संगीतलाई जोड्न एक अहम् भूमिका निर्वाह गरेका छन्। उनले पछिल्लो समयमा आफ्नो सङ्गीतमा राजेन्द्र थापाको शब्दमा अरुणा थापाको जीवनकालको अन्तिम समय एउटा गीतको सङ्गीत गरेका थिए। त्यो गीत राजेन्द्र थापाले आफ्नो आशालाग्दो गीतको रूपमा लिएका छन्। ‘तिमी टाढा हुन्छौँ जब’ दीप श्रेष्ठले गाएको यो गीत वसन्त क्षेत्रीको सङ्गीतको एउटा परिचायक हो।

वसन्त क्षेत्रीले दार्जिलिङको रङ्गमञ्चमा विमला सेन्चुरी, रिमला मोक्तान, दुर्गा खरेल, बद्री खरेल जस्ता कलाकारलाई परिचित गरेका छन्। गोपाल योञ्जनले बसालेको गुरु शिष्य परम्पराको अग्लो इतिहासलाई कायम राख्दै वसन्त क्षेत्री अझै पनि सक्रिय रूपमा आबद्ध छन्।

अहिले पनि उनको संयोजकत्वमा जब दार्जिलिङमा कुनै कार्यक्रम हुन्छ त्यो कार्यक्रमको उत्साह नै फरक किसिमको हुन्छ। वसन्त क्षेत्री दार्जिलिङलाई नेतृत्व गरेर त्यहाँको केन्द्र बिन्दुमै हुँदा शान्ति ठटाल सिक्किममा थिइन् । कर्म योञ्जन कहिले दार्जिलिङ र कहिले काठमाडौंमा थिए। तर वसन्त क्षेत्रीले दार्जिलिङको संगीतलाई समालेर बसेका थिए।

आज उनको सांगीतिक योगदानको कुरा गर्दा उनले सांगीतिक गरेका केही मूल गीतमध्येमा बिर्सनै नसक्ने गीतकारको नाम हो नर्देन रुम्बा। नर्देन रुम्बालाई धेरैले ‘बाँच्न चाहनेहरू’ फिल्मका गीतकारका रूपमा चिन्छन्।

‘म त भाग्दिन’ वा ‘मिठो मिठो तिम्रो श्वास मिठो’। त्यसैगरी नर्देन रुम्बाकै शब्दमा चन्दन लम्देनको शब्दमा नारायण गोपालले गाएको ‘मेरा सबै रात’ जस्ता गीत पनि बिर्सिनै नसक्ने गीत हुन्।

तर नर्देन रुम्बालाई साँच्चै नै एक गीतकारका रूपमा फरक धारमा सङ्गीत गरेका वसन्त क्षेत्रीले मिरा राणाको स्वरमा ‘म आजकल पिरतीमा ठेगानमा छैन’। यो मिरा राणाको लोकप्रिय गीत मध्ये एक हो।

मिरा राणा र वसन्त क्षेत्रीको एउटा आफ्नै नातागत सम्बन्ध छ। तर गायिका र संगीतकारका रूपमा उनीहरुले दिएको यो अहम् गीत एउटा परिचयको विशेष भागमा पर्दछ

वसन्त क्षेत्रीलाई एउटा गायक संगीतकारको रूपमा हामी जसरी चिन्छौँ। दार्जिलिङका युवा पुस्ताका धेरै कलाकारले आफूलाई प्रेरणा लिने अग्रज गुरुका रूपमा पनि चिन्ने गर्दछन्।

वसन्त क्षेत्रीका घनिष्ठ मित्रका रूपमा नेपालका गायक सङ्गीतकार दीप श्रेष्ठको नाम पनि जोडिन्छ। यी दुई अत्यन्त घनिष्ठ मानिन्छन् र दुवैले केही गीतमा सहकार्य पनि गरेका छन्।

चलचित्र नायक अभिनेता किरण ठकुरीका धेरै गीतलाई पनि वसन्त क्षेत्री सङ्गीत गरेका छन्। ‘सहर भित्र के को हल्ला मेरो मायालु आउने बेलामा, पाउने छैनौ अध्याँरो कोठा सपनीमा आउने बेलामा’ यो गीत किरण ठकुरीको शब्दमा वसन्त क्षेत्रीले सङ्गीत गरेका हुन्।

दावा ग्याल्मोको स्वरमा लोकप्रिय भएको हो। गायिका दावा ग्याल्मोले पनि वसन्त क्षेत्रीलाई अत्यन्त सम्मानका साथ श्रद्धाका साथ आफ्ना दाजु संगीतका गुरुका रूपमा सम्मान व्यक्त गर्दछिन्। उनले पछिल्लो समयमा गाएको लोकप्रिय गीत ‘म आतपमा तिमिसित हिँडे’। वसन्त क्षेत्री कै सङ्गीतमा थियो। त्यस गीतका लागि पनि वसन्त क्षेत्रीलाई धेरै बधाई दिनै पर्छ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ९ : ४४ बजे

परिणाम देखिने गरी काम गर्नुहोस् : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले परिणाम देखिने

विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने

काठमाडाैं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र

नवीन सुब्बा : लामो आयुका फिल्म बनाउने निर्देशक

काठमाडौं– कम तर लामो आयु फिल्म बनाउने निर्देशक हुन्– नवीन

‘राष्ट्र बैंक र मौद्रिक नीतिलाई दोष दिँदा अलिक अप्ठेरो हुन्छ’

हामी यतिखेर नयाँ बजेट घोषणा र मौद्रिक नीति समीक्षाको सम्मुखमा

गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

दमौली– तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण