बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्छु : प्रचण्ड « Khabarhub

बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्छु : प्रचण्ड


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले जनपक्षीय कामहरू गरिरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को उद्घाटन गर्दै उनले वर्तमान सरकारले इतिहास नै सम्झिने गरी साहसिक र जनपक्षीय काम गरिरहेको दाबी गरे । 

अध्यक्ष दाहालले देशका ६ हजार ७४३ वडामा भर्चुअल माध्यममार्फत एकसाथ ब्यानर खोलेर अभियानको उद्घाटन गरे । 

सो क्रममा उनले सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गरे । 

सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर थियो ।

प्रधानमन्त्री दाहालले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको बताए । 

उनले आफैँले गरेका राम्रा काम पनि जनतासम्म पुर्‍याउन नसकेको गुनासो गर्दै यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरूलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले हिजो विद्रोहको नेतृत्व गरेको स्मरण गर्दै अहिले शान्तिको नेतृत्व पनि आफूले गर्ने जिकिर गर्दै बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्ने उद्घोष गरे ।

उनले जनतासँग गल्ती कमजोरीमा आत्मालोचित हुन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए । उनले भने, ‘जनतासँग हामीले गल्ती भएको कुरा भन्न सक्नुपर्छ । हाम्रो कमजोरीप्रति आत्मालोचित हुन चाहन्छौँ र सुध्रिन चाहन्छौँ भन्नुपर्छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १२ : ०१ बजे

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका

स्पेनिस ला लिगा : यामलको निर्णायक गोलमा बार्सिलोना विजयी

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको

फोहोर पनि बिक्रीमा…

गुल्मी– गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ ।