विदेशी सहयोगलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्छ : सभामुख घिमिरे « Khabarhub

विदेशी सहयोगलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्छ : सभामुख घिमिरे


१६ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियतालाई प्राथमिकतामा राख्दै विदेशी सहयोगलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विश्वपरिवेशमा चीनको अर्थतन्त्र र नेपालमा त्यसको प्रभाव विषयक कार्यक्रममा सभामुख घिमिरेले एमसीसी, बीआरआइ लगायतका कार्यक्रमलाई राष्ट्रियतालाई प्राथमिकतामा राख्दै जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । चीन र भारतको आर्थिक प्रगतिबाट फाइदा लिने क्रममा नेपाललाई अवसर र चुनौति दुवै रहेको उनले बताए ।

सभामुख घिमिरेले चीन र भारतको प्रभावलाई सन्तुलित ढंगले कायम राख्दै राष्ट्रियतालाई मजबुत बनाउँदै नेपाली जनताको आत्मनिर्भरताका लागि अघि बढाउन कस्तो बाटो लिने भन्नेबारे बहस हुनुपर्ने जिकिर गरे । मुलुकमा परिवर्तन आएपनि कृषि बस्तुमा बाह्य निर्भर हुनुपर्ने, दक्ष जनशक्ति बाहिरिनुपर्ने अवस्था, उद्योगधन्दाहरू बन्द हुदै गएको अवस्थालाई अन्त्य गर्न गम्भीर भएर सोच्नुपर्ने उनले बताए । 

सभामुख घिमिरेले मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन मावनस्रोत, प्राकृतिक स्रोत साधनको उपयोगलाई ध्यान दिनुपर्ने धारणा राखे । उनले कृषि अर्थतन्त्रको विकासका लागि नयाँ ढंगले सुरुवात गर्नुपर्ने बेला आएको पनि बताए । 

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  १ : ३७ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै