पोखरामा तीज सांस्कृतिक महोत्सव हुने « Khabarhub

पोखरामा तीज सांस्कृतिक महोत्सव हुने


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

पोखरा– हरितालिका तीजको अवसरमा भदौ २५ देखि २७ गतेसम्म पोखरामा तीज सांस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने भएको छ । 

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा हुने उक्त कार्यक्रमको विषयमा शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी  दिइएको छ  । तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरूको सहभागिता रहने टेवानकी अध्यक्ष कमला गिरीले बताइन् । 

तीन दिनको कार्यक्रममा खेलकुद, तीज गीत प्रतियोगिता, हाजिरजवाफ प्रतियोगिता, मौलिक भेषभुषा प्रर्दशन, स्वदेशी तथा विदेशी खानाका स्टल, ११ वटै जिल्लामा उत्पादन हुने वस्तुहरूको बजारीकरण, सांस्कृतिक कार्यक्रम, लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू राखिएको उनले बताइन् । 

महोत्सव मार्फत पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजक संस्थाको छ । ‘पर्यटन व्यवसायमा अहिले अफसिजन चलिरहेको छ । हरितालिका तीजलाई केवल चाडका रुपमा मात्रै नभई उत्सवका रुपमा नै मनाउने लक्ष्य सहित महोत्सवको आयोजना गरिएको विज्ञप्ति मार्फत जनाइएको छ ।  महोत्सव लेकसाइड क्षेत्रको कोमागाने पार्कमा हुनेछ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ५ : ५० बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज