प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

कञ्चनपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु 

By खबरहब

September 02, 2023

कञ्चनपुर– कञ्चनपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका–५ देउवाटोलका नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँस्थित मछली खोलाले बगाउँदा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

बाख्रा चराउन जादा खोला तर्ने क्रममा खोलामा बगेर उनको मृत्यु भएको हो।