‘आशिकी ३’ मा कार्तिकसँग जोडी बाँध्दैछिन् अभिनेत्री आकांक्षा  « Khabarhub

‘आशिकी ३’ मा कार्तिकसँग जोडी बाँध्दैछिन् अभिनेत्री आकांक्षा 


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘आशिकी ३’ को घोषणा भएदेखि नै निर्माता फिल्मका लागि मुख्य अभिनेत्रीको खोजीमा छन् । यसैबीच यो फिल्मका लागि अभिनेता कार्तिक आर्यनको अपोजिटमा साउथ अभिनेत्री आकांक्षा शर्माले अनस्क्रिन रोमान्स गर्ने भएकी छन् ।

रिपोर्ट अनुसार ‘आशिकी ३’ का निर्माताले कार्तिकको अपोजिटमा आकांक्षालाई कास्ट गर्ने निर्णय गरेका छन् । विवरण अनुसार आकांक्षाले यस विषयमा धेरै पटक निर्मातासँग भेट गरिसकेकी छिन् । सबै कुरा ठीकठाक भए ‘आशिकी ३’मा उनले कार्तिक आर्यनसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।

आकांक्षा कन्नड फिल्म उद्योगकी अभिनेत्री तथा मोडल हुन् । उनले आफ्नो करिअर सन् २०२० मा रिलिज भएको कन्नड फिल्म ‘त्रिविक्रम’बाट थालेकी थिइन् । 

यसबाहेक उनले टाइगर श्राफसँग म्युजिक भिडियो ‘डिस्को ८२’ मा काम गरेकी छिन् । आकांक्षाले महेश बाबु, वरुण धवन र कार्तीकजस्ता कलाकारसँग पनि विज्ञापन सुट गरिसकेकी छिन् । आशिकी ३ को छायांकन सन् २०२४ मा हुने जनाइएको छ ।एएनआई

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ६ : ४६ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले