प्रधानमन्त्री मोदीले भेटे चेसका प्रतिभाशाली खेलाडी प्रगन्नानन्धालाई « Khabarhub

प्रधानमन्त्री मोदीले भेटे चेसका प्रतिभाशाली खेलाडी प्रगन्नानन्धालाई


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १८ वर्षीय किशोर खेलाडी रमेशबाबु प्रगन्नानन्धालाई भेटेका छन् । भारतीय प्रधानमन्त्रीले प्रगन्नानन्धालाई भेटेर अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलताका लागि बधाई दिएका हुन् । मोदीले प्रगन्नानन्धालाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिए । 

उक्त भेटपछि भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमा तस्बिरसहित ट्विट गरेका छन्, ‘अत्यन्तै विशेष आगन्तुक । तिमी र तिम्रो परिवारसँग भेट्न पाउँदा गौरवान्वित भएँ। भारतका युवाले हरेक क्षेत्रमा कसरी उत्कृष्ट प्रदर्शन गर्छन् भन्ने कुराको तिमी गतिलो उदाहरण हौ । हामी गौरवान्वित छौँ ।’मोदीले प्रगन्नानन्धा र उनको आमा-बुवासँग खिचेको तस्बिर पनि पोष्ट गरेका छन् ।

प्रगन्नानन्धा विश्वकप चेस प्रतियोगितामा आफूभन्दा दिग्गज प्रतिद्वन्द्वीलाई हराउँदै दोस्रो भएका थिए । त्यसपछि अन्तर्राष्ट्रिय खेल वृत्तमा उनको उपलब्धिको चर्चा सुरु भएको थियो । विश्वकप चेसको फाइनलमा उनी नर्वेजियन ग्रान्डमास्टर म्यागनस कार्लसनसँग पराजित भएका थिए । 

तर, उनले आफूभन्दा निकै पाका खेलाडी ३२ वर्षीय कार्लसनलाई सजिलै उपाधि चुम्न दिएका थिएनन् । अन्तिम समयसम्म उनले कार्लसनलाई कडा चुनौती दिएका थिए । अजरबैजानको बाकुमा विश्वकप चेसको उपाधि जितेपछि कार्लसनले १८ वर्षीय यी किशोरको प्रशंसा गर्नबाट आफूलाई रोक्न सकेनन् ।

प्रगन्नानन्धाको प्रशंसा गर्दै कार्लसनले भनेका थिए, ‘रमेशबाबु प्रगन्नानन्धालाई हराउन निकै सँघर्ष गनुपर्‍यो । विश्व चेसमा उनको भविष्य निकै उज्ज्वल छ । वास्तवमा उनी बुद्धिका शातिर सैतान हुन् ।’  प्रगन्नानन्धाको जन्म तमिल नाडुको चेन्नइमा सन् २००५ को अगस्त १० तारिखमा भएको हो ।   -एएनआई

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : ३६ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा