रास्वपा सङ्घीयताको पक्षमा छ : रवि लामिछाने « Khabarhub

रास्वपा सङ्घीयताको पक्षमा छ : रवि लामिछाने


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सप्तरी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सङ्घीयताको पक्षमा रहेको बताएका छन् । सप्तरीको राजविराजमा आज पत्रकारसँग कुराकानी गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक परिवर्तनको सूचकका रुपमा रहेको क्षेत्रमा भइरहेको बेथितिको अन्त्य हुनुपर्ने बताए ।

देशमा भइरहेको भ्रष्टाचार अन्त्य गर्न निरन्तर लागिपर्ने बताउँदै सभापति लामिछानेले भ्रष्टाचार विरुद्ध केही राम्रा काम भइरहेको उल्लेख गरे । भ्रष्टाचार अभियोग लागेका सत्तारुढ दलका नेता कार्यकर्तालाई संरक्षण गर्न छलछाम सामसुम गरिरहेको भन्दै रास्वपा प्रतिपक्षमा रहेर थप जिम्मेवारीका साथ काम गर्ने उनले बताए ।

सभापति लामिछानेले भने, “हाम्रो पार्टी वर्तमान शासन व्यवस्था विरोधी होइन, हामीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट मुख्यमन्त्री बनाउनुपर्छ भन्दा प्रादेशिक संरचना व्यवस्थाको विरोधी होकी भन्ने लागेको हुनसक्छ तर यस्तो होइन म स्पष्ट पार्न चाहन्छु ।”

आमनागरिक व्यवस्थासँग जोडिएको छ कि छैन भन्ने कुराको खोजी गर्न जरुरी रहेको उल्लेख गर्दै उनले प्रादेशिक संरचना राजनीतिक भर्ती केन्द्र नभई नागरिकलाई सेवा दिने खालको बन्नुपर्ने बताए । सभापति लामिछानेले आफ्नो पार्टी निमुखा जनताको अधिकारको लागि अगाडि बढेर काम गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १० : ०८ बजे

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्