स्पेनको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु « Khabarhub

स्पेनको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड– स्पेनको दक्षिणपूर्वी शहर मर्सिया सहरमा रहेका तीन नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । 

ला फोन्डा भनेर चिनिने फोन्डा मिलाग्रोस नाइटक्लबमा आइतबार बिहान आगलागी भएको थियो । त्यसपछि यो छिमेकी क्लबहरूमा फैलिएको थियो ।

स्थानीय सञ्चारमाध्यमले मृतकमध्ये जन्मदिन मनाउने परिवारका सदस्यसमेत रहेको जनाएका छन् । प्रहरीका अनुसार मृत्यु भएका सबै ला फोन्डाका छन् । घटनामा १४ जना बेपत्ता भएको बताइएको छ । जसका कारण मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

आगलागी भएको क्लब मर्सियाको एटालायस क्षेत्रमा अवस्थित छ । राष्ट्रिय प्रहरीका डिएगो सेरलले आगलागी पछि क्लबको छत भत्किएको थियो । घटनाबारे अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : ११ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण