मेक्सिकोमा ट्रक दुर्घटना हुँदा १० जनाको मृत्यु « Khabarhub

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा १० जनाको मृत्यु


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी– दक्षिणी मेक्सिकोको राजमार्गमा मालवाहक ट्रक पल्टिँदा कम्तीमा १० आप्रवासीको मृत्यु भएको छ । अल जजीराका अनुसार ग्वाटेमालाको सीमा नजिकै मेक्सिकोको चियापास राज्यमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा एक नाबालिगसहित १० महिला रहेका छन् भने घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ ।

सो ट्रकले मेक्सिकोको दक्षिणी राज्य चियापासको पिज्जियापान–टोनाला राजमार्गमा अवैधानिक रूपमा २७ क्युबाली नागरिकलाई बोकेको बताइएको छ । 

चालकले ट्रकलाई तीव्र गतिमा चलाउँदा अचानक नियन्त्रण गुमेपछि सो दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनापछि चालक घटनास्थलबाट फरार भएका छन् । उनको खोजी भइरहेको छ ।

मध्य अमेरिका र क्यारेबियनबाट आएका आप्रवासीहरू अमेरिका पुग्ने आशामा कहिलेकाहीँ ट्रक र ट्रेलरमा मेक्सिको हुँदै यात्रा गर्छन् ।

यसअघि सन् २०२१ मा ग्वाटेमालाको सिमानामा रहेको चियापास राज्यमा आप्रवासी बोकेको ट्रक पल्टिँदा ५५ जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए।  

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ९ : २५ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण