एमाले गण्डकी प्रदेश अधिवेशन आज सुरु हुँदै « Khabarhub

एमाले गण्डकी प्रदेश अधिवेशन आज सुरु हुँदै


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले गण्डकी प्रदेश अधिवेशन आज सुरु हुँदैछ । पोखरा अमरसिंह चोकमा हुने अधिवेशनको पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका लागि ओली जहाजमार्फत पोखरा जाँदैछन् ।

गण्डकी अधिवेशनलाई ‘मिसन ग्रासरुट’ पछिको सबैभन्दा ठूलो अभियान र शक्ति प्रदर्शनको अवसर बनाउने योजनासहित एमालेले जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू पोखरा ल्याउन लागेको हो। 

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट ९०७ जना प्रतिनिधि सहभागि छन् । प्रदेशमा वर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीले दाबी गर्दै आएका छन् ।

अधिवेशनले एक अध्यक्ष,  दुई उपाध्यक्ष, सचिव एक र दुई उपसचिवसहित १३५ सदस्यीय गण्डकी प्रदेश कमिटी चयन गर्नेछ।

 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १० : १३ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६