गायक लिमेलको ‘तिम्रै मोया छ’ सार्वजनिक (भिडियो) « Khabarhub

गायक लिमेलको ‘तिम्रै मोया छ’ सार्वजनिक (भिडियो)


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खोटाङ– गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मिएका उनको उक्त नयाँ गीति सङ्ग्रहमा निर्माण गरिएको म्युजिक भिडियो ओएसआर डिजिटल नेपाल युट्युब च्यानलबाट आइतबार साँझ सार्वजनिक गरिएको हो । 

दिनेश सुवेदीको शब्द तथा करसाङ लामाको सङ्गीत रहेको उक्त गीतमा गायक मगरसँगै चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने गीति म्युजिक भिडियोमा चर्चित नायिका रस्मिला तामाङ तथा जीवन बस्नेत, किरन मगर, राजु श्रेष्ठ, परिश्ना बास्तोला र भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’ अन्तरगत नृत्य विद्याका उपविजेता सुवास विश्वकर्माले अभिनय गरेका छन् ।

अर्जुन खड्काले सम्पादन गरेको उक्त  म्युजिक भिडियोको  निर्देशन राजु श्रेष्ठले र कोरियाग्राफी मनोज तामाङले गरेको गायक मगरले जानकारी दिए ।

रावासावा प्राज्ञिक समाज नेपालका महासचिव तथा खोटाङ कलाकार समाज काठमाडौँमा समेत आबद्ध रहेका उनको यो सातौँ गीति सङ्ग्रह भएको बताइएको छ । उनले यसअघि मायाको आशैमा, भञ्ज्याङ र चौतारी, मनको कुरा, साहरातिम्लाई पाउँजस्ता गीति सङ्ग्रह बजारमा ल्याइसकेका छन् । 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका गायक मगर काठमाडौँ लिटल ब्लोजम स्कूल नयाँबजार, भक्ति इन्टरनेशनल एकेडेमी बूढानीलकण्ठ र प्रगति बोर्डिङ हाइस्कूल बालाजुमा अध्यापनसमेत गर्दै आएका छन् । ‘गाउँदै–पढाउँदै’ गर्नुहुने गायक मगरले लोक–आधुनिक भाकामा निर्माण गरेको यो म्युजिक भिडियोमा मायाँ-पिरतीका कुरा गरिएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १२ : ३६ बजे

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,